+
+
Shares

कर्मचारीमा कुलिङ पिरियड २ वर्ष राखिने

सरकारले कर्मचारीको कुलिङ पिरियड २ वर्ष राख्न सहमति जनाएको छ। समितिले यस प्रस्तावलाई अगाडि बढाउने निर्णय गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते ९:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले कर्मचारीको कुलिङ पिरियड २ वर्ष राख्न सहमति जनाएको छ।
  • यसले कर्मचारीलाई अवकाशपछि अर्को नियुक्ति गर्न २ वर्षको समय दिन्छ।
  • समितिले यस प्रस्तावलाई अगाडि बढाउने निर्णय गरेको छ।

२ जेठ, काठमाडौं । अवकाश प्राप्त सरकारी कर्मचारीहरूको कुलिङ पिरियड २ वर्ष राखिने भएको छ । गृहमन्त्री रमेश लेखकले कर्मचारीमा कुलिङ पिरियड २ वर्ष राख्न सरकार सहमत भएको बताएका हुन् ।

कुलिङ पिरियड भनेको अवकाश पाएपछि कति समयसम्म अर्को नियुक्ति नलिने भन्ने व्यवस्था हो । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवा विधेयकमाथि छलफल जारी छ । जहाँ गृहमन्त्री लेखकले भनेका छन्, ‘कुलिङ पिरियड २ वर्ष राखेर जाऔं ।’

कानुन बनाउन वा संशोधन गर्न फेरि अर्को पटक केही समय लाग्ने र तत्काल संशोधन गर्ने कुरा पनि त्यति जायज नहुने भन्दै उनले कुलिङ पिरियड २ वर्ष राखेर जाने उनको प्रस्ताव छ । सरकार २ वर्ष कुलिङ पिरियड राख्न सहमत भएसँगै यो विषय अगाडि बढ्ने भएको समितिका एक सदस्यले बताए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका सांसदले कुलिङ पिरियड २ वर्ष राख्नु उचित हुने बताउँदै आएका छन् । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले भने १ वर्ष राख्नुपर्ने बताएको थियो । एमाले लचक भएपछि सरकार २ वर्ष कुलिङ पिरियड राखेर जान सरकार सहमत भएको हो ।

शुक्रबारको बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेसका सांसद हृदयराम थानी लगायतले सरकारले २ वर्ष कुलिङ पिरियड राख्ने प्रस्ताव स्वीकार गरेकोमा धन्यवाद दिए ।

निजामती सेवा बिधेयक २१ फागुन २०८० मा प्रतिनिधि सभामा दर्ता भएको थियो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले दफावार छलफलका लागि १५ जेठ २०८१ मा राज्य व्यवस्था समितिमा पठाएको थियो ।

संघीय निजामती सेवासम्बन्धी विधेयकमा सांसदहरुले १२४ समूहमा एक हजार ५८३ वटा संशोधन परेको थियो । २०७५ सालमा प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०७८ साल असोजमा सरकारले फिर्ता गरेको थियो । त्यसपछि प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा संसदमा विधेयक नै आउन सकेन ।

प्रतिनिधि सभाको चालु कार्यकालमा समेत विधेयक अपेक्षित गतिमा अगाडि बढ्न नसकेको भनेर सरोकारवालाहरुले प्रश्न गरिरहेका छन् । यो बेला सरकारले नमिलेका विषयमा सहमतिको प्रस्ताव गरेको हो ।

समिति सदस्यहरूका अनुसार कुलिङ पिरियडको विषयमा रहेको विमति अब भने हटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?