+
+
Shares

जलवायु परिवर्तनको संकट आउनुमा नेपालको भूमिका छैन : प्रधानमन्त्री ओली

‘यो संकट ल्याउनमा हाम्रो खासै भूमिका छैन । तर यसको सबैभन्दा कठोर परिणाम हामीले नै भोगिरहेका छौं,’ प्रधानमन्त्री ओलीले भने,

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते ११:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनलाई अहिलेको सबैभन्दा ठूलो चुनौतीको रुपमा व्याख्या गरे।
  • उनले नेपालले जलवायु परिवर्तनको प्रभावबाट बढी क्षति व्यहोर्दै आएको र यसको सामना गर्न आवश्यक रहेको बताए।
  • प्रधानमन्त्री ओलीले नेपालको वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका रहेको र हिमालय क्षेत्रको जलवायु सन्तुलनमा योगदान गरेको बताए।

२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन अहिलेको समयको सबैभन्दा ठूलो चुनौति भएको बताएका छन् ।

जलवायु परिवर्तनको असर बढ्नुमा नेपालको भूमिका नरहे पनि नेपाललै सबैभन्दा बढी क्षति व्यहोरिरहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

‘सगरमाथा संवाद’को उदघाटन सत्रलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनले पृथ्वी, जनता, समृद्धिमा ठूलो प्रभाव पारेको बताए ।

जलवायु परिवर्तनबाट कुनै पनि समाज पूर्णरुपमा सुरक्षित नरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने ‘जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन । यो हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो ।’

‘यो संकट ल्याउनमा हाम्रो खासै भूमिका छैन । तर यसको सबैभन्दा कठोर परिणाम हामीले नै भोगिरहेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘हिमनदीहरू पग्लिरहेका छन् । वर्षा अनिश्चित बन्दै गइरहेको छ । पहिरोहरूले घर–बास बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात आउँछन् । तर अझै हामी डटिरहेका छौं ।’

उनले वातावरण संरक्षणमा नेपालको योगदान महत्वपूर्ण रहेको बताए । पृथ्वी, महासागर र मानवता जोगाउन हिमालहरू जोगाउनु आवश्यक रहेको प्रधानमन्त्री ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?