+

यो लामिन यामलको सिजन हो

२०८२ जेठ  २ गते १५:४९ २०८२ जेठ २ गते १५:४९
यो लामिन यामलको सिजन हो

२ जेठ, काठमाडौं । यो लामिन यामलको सिजन थियो ।

बार्सिलोनाको २८औं स्पानिस ला लिगाको उपाधि जित्दा यामलले पहिलो गोल गरे । उपाधि जित्नका लागि यामलकै गोल हुनु स्वभाविक थियो । यामलको गोल पनि निकै उत्कृष्ट थियो ।

यामलले बार्सिलोनाको शहरी प्रतिद्वन्दी इस्पानयोल विरुद्धको खेलमा दुई डिफेण्डरलाई कटाउँदै पेनाल्टी एरिया बाहिरबाट आफ्नो लेफ्ट फुटले कर्लिङ सह प्रहार गर्दै गोल गरे ।

१७ वर्षीय युवा स्टार यामलका लागि पछिल्लो १० महिना गज्जब रह्यो । गत समरमा स्पेनलाई युरो कप उपाधि जिताउन योगदान गरेका यामलले यस सिजन बार्सिलोनाको डोमेस्ट्रिक ट्रेबल उपाधि जिताउने अभियानमा पनि छाए ।

उनले गोल, ड्रिब्लिङ, प्लेमेकिङले आफूलाई ग्लोबल सकरमा नेक्स्ट बिग स्टारको रुपमा आफूलाई प्रमाणित गरेका छन् । राफिन्हा, पेड्री लगायत खेलाडीहरु मिलेर बनेको बार्सिलोना यस सिजन रोक्नै नसकिने जस्तो देखियो ।

‘मैले सधैँ मेरो बेस्ट दिने प्रयास गर्छु । र आज म भाग्यमानी भएँ कि त्यो गोल भयो’ यामलले भने, ‘म एकदम धेरै खुशी छु कि मैले टिमलाई सहयोग गर्न सकेँ र जितको खुशीयाली मनाएँ।’

खेलको अन्त्यतिर फर्मिन लोपेजले यामलकै पासमा गोल गरेपछि बार्सिलोनाको जित सुनिश्चित भयो । यामललाई नै फल गर्दा ८०औं मिनेटमा स्पानयोलका लिएन्ड्रो काब्रेराले सिधै रातो कार्ड सामना गर्दै मैदान छाडेका थिए ।

बार्सिलोनाले दुई खेल अगावै ला लिगाको उपाधि पक्का गरेको छ । यसले बार्सिलोनाको डोमेस्टिक ट्रेबल पक्का भयो । बार्सिलोनाले कोपा डेल रे र स्पानिस सुपर कपको उपाधि जितिसकेको छ ।

यस्तै बार्सिलोना च्याम्पियन्स लिगको पनि सेमिफाइनल पुगेको थियो । र हान्सी फ्लिकको पहिलो सिजन बार्सिलोनामा सानदार रह्यो ।

फ्लिकको टोलीले आइतबार रियल मड्रिडलाई ४-३ ले हराउँदै यस सिजनको सबै चार क्लासिको म्याच जितेको थियो र रियलको उपाधि जित्ने सम्भावना लगभग समाप्त पारेको थियो ।

रियल मड्रिडले बुधबार मायोर्कालाई हराएपछि बार्सिलोनाले उपाधि जित्न केही कुर्नुपरेको थियो । तर बार्सिलोनालाई लिग जित्न अन्तिम तीन खेलमा दुई अंक मात्र आवश्यक थियो ।

खेलपछि बार्सिलोनाको खेलाडीहरुले डान्स गर्दै ला लिगा उपाधिको खुशीयाली मनाएका थिए ।

‘तपाईँले सधैँ लिग जित्नुहुन्न । त्यसैले हामीले खुशीयाली मनाउनुपर्छ र यसको मूल्य बुझ्नुपर्छ’ २२ वर्षमै क्लबका लागि २०० खेल पूरा गरेका पेड्रीले भने ।

यस्तै लिओनल मेसीले पनि इन्स्टाग्रममा आफ्नो पूर्व क्लबलाई ‘बधाई’ भन्दै सन्देश दिए । रियल मड्रिडले समेत एक्समा आप्नो चिरपरिचित प्रतिद्वन्दीलाई बधाई दियो ।

हजारौँ बार्सिलोना समर्थकहरुले सहरमा खुशीयाली मनाए ।

फ्लिकको नेतृत्व

बार्सिलोनाले यस सिजन डोमेस्टिक सिजनमा डोमिनेट गर्‍यो । सन् २०२५ मा लिगमा १५ खेल जित्दा २ मा बराबरी गर्‍यो । च्याम्पियन्स लिगमा सेमिफाइनलमा इन्टरसँग थोरैले चुक्नु एक मात्र धक्का रह्यो ।

यामलले आफ्नो प्रशिक्षक फ्लिकलाई खेलाडीलाई प्रेरणाको स्रोत रहेको बताए । जसले अघिल्लो सिजन उपाधिविहिन बनेको बार्सिलोनालाई पुनर्जिवन दिए ।

‘जाभीले दिएको योगदानको हामी कदर गर्छौँ । तर यो सत्य हो कि फ्ल्कले हामीलाई नयाँ जीवन दिए । यामलले भने ।

गत समरमा फ्लिक आउँदा उनले टिममा सकरात्मक सोच ल्याएका थिए । र उनले आक्रमक खेलशैली राम्रोसँग मिलेको बताए । त्यसमा हाई डिफेन्स लाइन र कडा प्रेसिङ समावेश थियो ।

‘बार्सिलोनाले उपाधि जित्नु नै थियो र ३ उपाधि जित्नु साँच्चिकै सानदार रह्यो’ फ्लिकले भने ।

‘मिलानमा हारपछि म केही पिडा भएको थियो । तर तीन उपाधि जितेपछि म धेरै खुशी छु र क्लब पनि खुशी छु ।’

निर्णायक यामल

खेलको पहिलो हाफमा स्पानयोलले बार्सिलोनालाई दबाबमा राखेको थियो । अवसर पनि पाएको थियो तर सदुपयोग गर्न सकेन ।

उर्को गोन्जालेजले सुरुवातमा काउन्टर अट्याकमा हानेको प्रहार बाहिर गयो भने जाभी पुआडोले एक-एकको मौका सदुपयोग गर्न सकेनन् ।

तर यामलले ५३औं मिनेटमा गोल गरेपछि बार्सलोनाले खेलमा दबाब बनायो । यसै समरमा बार्सिलोना जाने हल्लचा चलेका स्पानयोलका गोलकिपर जोन गार्सियाले डाइभ हानेपनि बल भेटेनन् ।

यामलको गोलबारे पेड्री भन्छन्, ‘उनले आज अभ्यासमै यस्तै दुई गोल गरेका थिए । उनी टिममा हुँदा हामी भाग्यमानी छौँ।’

स्पानयोलका लागि रेलिगेसन ब्याटबाट बाहिर आउन क्याटलान डर्बीमा राम्रो नतिजा चाहिएको थियो । हारपछि स्पानयोल १६औं स्थानमा छ र रेलिगेसन जोन भन्दा ५ अंकले मात्र अघि छ ।

एपीबाट भावानुवाद

लामियन यमाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय