
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको निजामती अस्पतालले निजामती कर्मचारीलाई लक्षित गरी सन्ध्याकालीन सेवा सुरु गरेको छ। यो सेवा आइतबारदेखि सुरु हुनेछ र साँझ ४ देखि राति ८ बजेसम्म उपलब्ध हुनेछ।
- अस्पतालले यस सेवालाई दिनभरि लाइन बस्नुपर्ने समस्या र सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले विस्तार गरेको हो ।
२ जेठ, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा रहेको निजामती अस्पतालले अबदेखि सन्ध्याकालीन सेवा सुरु गर्ने भएको छ ।
अस्पतालले आगामी आइतबार (४ जेठ) देखि निजामती कर्मचारी लक्षित सेवा सञ्चालन गर्न लागेको हो ।
उक्त सेवा साँझ ४ बजदेखि राति ८ बजेसम्म हुनेछ । अस्पतालका निर्देशक प्रा. डा. मोहनचन्द्र रेग्मीले निजामती कर्मचारीलाई अफिस समयमा उपचार गर्न सकस भएका गुनासो आएकाले सेवालाई विस्तार गरिएको हो ।
‘निजामती कर्मचारी अफिस समयमा आउँदा दिनभरि लाइन बस्नुपर्ने हुन्छ । यता समय बढी लाग्ने हुँदा उता पनि सेवाग्राहीले दुःख पाउने भएकाले यस्तो व्यवस्था गरिएको हो,’ प्रा. डा. रेग्मीले अनलाइनखबरसँग भने, ‘उक्त सेवा निजामती कर्मचारीको हकमा मात्रै व्यवस्था गरिएको हो ।’
रेग्मीले सन्ध्याकालीन सेवा दिउँसोकै शुल्कमा उपलब्ध गराइने बताए ।
‘ओपीडी, ल्याब र अन्य परीक्षणका सेवा राति ८ बजेसम्म दिन्छौं ।अहिलेका लागि भएकै जनशक्तिले व्यवस्थापन गरेका छौं,’ प्रा. डा. रेग्मीले भने ।
हाल अस्पतालमा दैनिक ओपीडी १२०० र अप्रेशन ३५ जनाको हाराहारीमा सेवा लिने गरेका छन् ।
प्रतिक्रिया 4