+
+
Shares

परराष्ट्रमन्त्री डा.राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा राणा र सगरमाथा संवादका लागि नेपाल आएका भारतीय मन्त्री यादवबीच आज सो साइडलाइन भेटवार्ता भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते १७:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र भारतबीच विभिन्न क्षेत्रका सम्बन्ध र सहकार्यलाई प्रवर्द्धन गर्न आजको भेटवार्तामा चर्चा भएको थियो।
  • परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्री यादवले जैविक विविधता संरक्षण र जलवायु परिवर्तन जस्ता साझा मुद्धामा सहकार्य गर्ने सहमति जनाएका छन्।
  • सगरमाथा संवादको पहिलो संस्करणमा सहभागी हुन भारतीय मन्त्री यादवको काठमाडौँ आउनु र यसले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

२ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी मन्त्री भुपेन्दर यादवबीच आज भेटवार्ता भएको छ ।

परराष्ट्रमन्त्री डा राणा र सगरमाथा संवादका लागि नेपाल आएका भारतीय मन्त्री यादवबीच आज सो साइडलाइन भेटवार्ता भएको हो ।

त्यस अवसरमा नेपाल भारत सम्बन्धका विविध आयामहरुका साथै आपसी, हित र सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो ।

भेटमा मन्त्री डा. राणाले नेपालले अयोजना गरेको सगरमाथा संवादको पहिलो संस्करणमा सहभागी भएकामा भारतीय मन्त्री यादव र भारत सरकारलाई धन्यवाद व्यक्त गरिन् ।

नेपाल र भारतबीच जैविक विविधता संरक्षणका क्षेत्रमा आज समझरी पत्रमा हस्ताक्षर भएको प्रसंग उल्लेख गर्दै उनीहरुले उक्त सम्झौता दुई देशका लागि यस क्षेत्रको महत्वपूर्ण रहेको पनि बताएका छन् ।

नेपाल र भारतबीच पछिल्लो समयमा जारी रहेका द्विपक्षीय भेटवार्ताहरु, औपचारिक बैठक, विविध विषयहरुमा भइरहेका इङ्गेजमेन्टका बारेमा पनि सो बैठकमा कुराकानी भएको थियो ।

साथै जलवायु परिवर्तनको मुद्धा नेपाल र भारतको साझा मुद्धा भएकाले यसको असरलाई कम गर्ने विषयमा के कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने बारेमा पनि उनीहरुका बीचमा कुराकानी भएको थियो ।

सगरमाथा संवादमा सहभागिताका लागि भारतीय मन्त्री यादव बिहीबार काठमाडौँ आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?