+
+
Shares

सुनवलमा हावाहुरीले रुख ढाल्दा च्यापेर २ जनाको मृत्यु, ३ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते १८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पश्चिम नवलपरासीको सुनवलमा हावाहुरीले रुख ढाल्दा दुई जनाको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा मिरा बयम्बु र दुर्गाबहादुर पुन रहेका छन्, जो प्रतिक्षालयमा ओत लागेका थिए।
  • रुखले च्यापेर तीन जना घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।

१ जेठ,बुटवल । हावाहुरीले रुख ढाल्दा च्यापिएर पश्चिम नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु भएको छ ।

रुखले च्यापेर सुनवल ७ निवासी ३० वर्षिया मिरा बयम्बु र सोही वडाका ४० वर्षिय दुर्गाबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए ।

शुक्रबार हावाहुरीसहित आएको पानीबाट जोगिन उनीहरू प्रतिक्षालयमा ओत लागेका थिए । प्रतिक्षालयमाथि नै रुख ढलेपछि मानवीय क्षती भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

रुखले च्यापेर तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय नरमा परियार, दुर्गा खाम्चा र एकजनाको परिचय नखुलेको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि देवदह मेडिकल कलेज पठाइएको छ ।

यसैगरी शुक्रबार बिहान कैलालीमा पनि हावाहुरीले ढालेको रुखले लागेर राष्ट्रिय माध्यमिक विद्यालय सुखडका प्राचार्य कर्णबहादुर भण्डारीको मृत्यु भएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?