+
+
Shares

लक्ष्मी सनराइज बैंक ‘एनपीएस–एनसीएस तथा नेपालपे कार्ड’ मा आबद्ध

सम्झौतापत्रमा बैंकका तर्फबाट खुद्रा तथा वित्तीय सेवा प्रमुख दिपेश अमात्य तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते १९:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लक्ष्मी सनराइज बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच नेपालपे कार्ड र एनपीएस–एनसीएस प्रिन्सिपल मेम्बरसिपको सम्झौता भएको छ।
  • यसले नेपालको डोमेस्टिक कार्ड कारोबारलाई सुदृढ पार्ने र लागत घटाउने अपेक्षा गरिएको छ।
  • यस प्रणालीको पूर्ण कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाइमा पुर्‍याउनेछ।

काठमाडौं । लक्ष्मी सनराइज बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच ‘एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट खुद्रा तथा वित्तीय सेवा प्रमुख दिपेश अमात्य तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

एनसीएचएलले हालै एनपीएस–एनसीएस पूर्वाधार तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थालाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे इसुइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक तथा वित्तीय संस्था एनपीएस–एनसीएस र नेपालपे कार्डमा आबद्ध भइरहेका छन् ।

नेपालपे पूर्वाधारको कमर्सियल रोलआउटपछि लक्ष्मी सनराइज बैंकले ग्राहकका लागि उक्त कार्ड इस्यु तथा अक्वायर गर्न सक्ने छ ।

एनपीएस–एनसीएसलाई विभिन्न कार्ड स्विचबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबार राउटिङ र सेटलमेन्टका लागि एक सेन्ट्रल कार्ड स्विचका रूपमा स्थापना गरिँदैछ ।

उक्त प्रणालीको पूर्ण कार्यान्वयनपछि डोमेस्टिक कार्ड कारोबार लागत घटाउने, डाटा लोकलाइजेसन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरण विकास तथा प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।

एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था, अधिकांश पीएसओ र पीएसपी र १ सयभन्दा बढी गैरबैंकिङ सदस्यलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।

एनपीएस–एनसीएस र नेपालपे कार्ड कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

नेपालका अग्रणी बैंकमध्यको लक्ष्मी सनराइज बैंकले हाल २ सय ५४ शाखा, २७ विस्तारित काउन्टर तथा ३ सय २९ एटीएम टर्मिनल मार्फत सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?