
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाललाई ग्वान्झाओ अन्तर्राष्ट्रिय पर्यटन मेलामा ‘लोकप्रिय सांस्कृतिक पर्यटन गन्तव्य’ उपाधि प्रदान गरिएको छ।
- यसले नेपाली सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्यो।
- नेपाली प्याभिलियनले विश्वप्रसिद्ध पदयात्रा मार्ग र युनेस्को सूचीमा परेका सम्पदाहरूको प्रदर्शन गरेको थियो।
२ जेठ, काठमाडौं । नेपाललाई चीनको ग्वान्झाओमा सम्पन्न ग्वान्झाओ अन्तर्राष्ट्रिय पर्यटन मेला (जीआईटीएफ–२०२५) मा ‘लोकप्रिय सांस्कृतिक पर्यटन गन्तव्य’ उपाधि प्रदान गरिएको छ ।
सांस्कृतिक प्रस्तुतिबाट प्रभाव पार्दै नेपालले चिनियाँ पर्यटन बजारमा गहिरो छाप छाडेको नेपाल पर्यटन बोर्डले जनाएको छ । १५ देखि १७ मेमा मेला आयोजना गरिएको थियो ।
मेलामा नेपाली प्याभिलियनले विश्वविख्यात पदयात्रा मार्ग, युनेस्को सूचीमा परेका सम्पदा, धार्मिक र ग्रामीण पर्यटन अनुभव प्रदर्शन गरेको बोर्डले जनाएको छ । सांस्कृतिक नृत्य, बीटुबी व्यापार बैठक र जानकारीमूलक सत्र पनि आयोजना गरिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4