+
+
Shares

जलेश्वरमा भारतीय टुरिस्ट बसको ठक्करबाट महिलाको मृत्यु

प्रहरीका अनुसार उनलाई शुक्रबार दिउँसो जलेश्वर नगरपालिका- २ स्थित सिनेमा हल चोकमा एमपी १३ पी ७७३३ नम्बरको भारतीय टुरिस्ट बसले ठक्कर दिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते १९:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय टुरिस्ट बसले महोत्तरीको जलेश्वरमा महिलालाई ठक्कर दिँदा मृत्यु भएको छ।
  • मृत्यु हुनेमा जलेश्वर नगरपालिका सारी निवासी ५० वर्षीया सञ्जु ठाकुर छन्।
  • प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

२ जेठ, जाकपुरधाम । महोत्तरीको जलेश्वरमा भारतीय टुरिस्ट बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका सारी निवासी ५० वर्षीया सञ्जु ठाकुर छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनलाई शुक्रबार दिउँसो जलेश्वर नगरपालिका- २ स्थित सिनेमा हल चोकमा एमपी १३ पी ७७३३ नम्बरको भारतीय टुरिस्ट बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते ठाकुरलाई प्रादेशिक अस्पताल जलेश्वरमा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर स्थित न्यूरो अस्पतालमा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।

ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?