
प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमालेका तर्फबाट सुझाव हस्तान्तरण गर्दै एमालेको विपद् व्यवस्थापन तथा स्वयं सेवा विभागका पदाधिकारी ।
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले सरकारलाई जलवायु परिवर्तन र विपद् व्यवस्थापन सम्बन्धी २० बुँदे सुझाव प्रस्तुत गरेको छ।
- सुझावहरू सरकारको आगामी कार्यदिशा निर्धारणमा उपयोगी हुने अपेक्षा गरिएको छ।
- सुझावमा जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि आवश्यक कदमहरू समावेश छन्।
२ जेठ, काठमाडौं । राजधानीमा जारी सगरमाथा संवादका लागि नेकपा एमालेले सरकारलाई २० बुँदे सुझाव राखेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमालेका तर्फबाट विपद् व्यवस्थापन तथा स्वयं सेवा विभागका प्रमुख खिमलाल भट्टराई नेतृत्वको टोलीले २० बुँदे सुझाव बुझाएको हो । ‘… सुझावहरु सरकारको आगामी कार्यदिशा निर्धारणमा उपयोगी हुने देखिएकोले तल उल्लिखित बुँदाहरु समावेश गरी सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष पेश गरिएको छ’, सरकारलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ ।
सुझाव पत्रमा जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न लिइनुपर्ने पहलकदमीहरु समावेश छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4