
News Summary
Generated by OK AI. Editorially reviewed.- मौसम विभागको अनुसार अहिले देशभरि मौसम खराब रहेको छ र हावाहुरी, चट्याङ र वर्षा भइरहेको छ।
- अगाडि पनि मौसम खराब रहने सम्भावना भएकाले सतर्कता अपनाउनु आवश्यक छ।
- विशेष गरी पहाडी र हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
३ जेठ, काठमाडौं । केही दिनदेखि मौसम खराब छ । हावाहुरी, चट्याङ र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मौसम खराब नै रहने पूर्वानुमान छ ।
आ कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा मौसम आंशिकदेखि साधारणतया बदली भएको छ । बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सँगै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका भू-भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भानवा रहेको छ ।
प्रतिक्रिया 4