News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव नहुने बताए।
- उनले कम्युनिष्ट पार्टीलाई एकतावद्ध गर्न र वैचारिक आधारमा सुधार गर्न आवश्यक रहेको औंल्याए।
- खनालले मदन भण्डारीको योगदानको समीक्षा गर्न आवश्यक रहेको बताए।
३ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव नरहेको भनाइ राखेका छन् ।
शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले उहाँले आजको अन्तरविरोधलाई चिरेर सही ढंगले निर्कयौल गर्न जरुरी रहेको बताए ।
‘एउटै एकीकृत पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव हुँदैन । कुनैपनि देशमा सर्वहारा श्रमीक वर्गको एउटै पार्टी हुन्छ । त्यो आन्दोलनभित्र बुर्जुवा वर्गका विचारहरु प्रवेश गर्ने, चिर्ने कारणले मात्रै कि उग्र वामपन्थ की दक्षिणपन्थ भड्काउ हुने कारणले समूहरु प्रकट हुने गर्दछन् । हाम्रो देशको हालत त्यही हो,’ नेता खनालले भने ।
कुनैपनि देशमा सर्वहारा श्रमीक वर्गको एउटै पार्टी नबनेसम्म क्रान्ति गर्न सम्भव नरहेको उनको भनाइ थियो ।
त्यसका लागि कम्युनिष्ट पार्टीलाई अझ बढी सही वैचारिक राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको आधारमा एकतावद्ध बनाउनुपर्ने आवश्यकता रहेको खनालले बताए ।
‘कम्युनिस्ट पार्टीलाई अझ बढी सही वैचारिक राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको आधारमा एकतावद्ध बनाउनुपर्नेछ । यो पार्टीलाई अहिले जसरी बुकुरे, बुकुरे, बुकुरे पार्टीहरू बनाउने र अलग अलग सानोसानो कसौँडीमा दाल पकाएर खाने खालको अवस्था बनेको छ । यो चिजलाई हामीले तोड्नुपर्छ,’ नेता खनालले भने ।
पूर्वप्रधानमन्त्री खनालले मदन भण्डारीका योगदानको समीक्षा गर्न आँट गर्नुपर्ने पनि बताए ।
प्रतिक्रिया 4