+

‘स्कुल टु ओलम्पिक’ कार्यक्रम साँगास्थित नेपाल पुलिस स्कुलमा सम्पन्न

२०८२ जेठ  ३ गते २०:११ २०८२ जेठ ३ गते २०:११
‘स्कुल टु ओलम्पिक’ कार्यक्रम साँगास्थित नेपाल पुलिस स्कुलमा सम्पन्न

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ओलम्पियन्स संघले 'स्कुल टु ओलम्पिक' कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई खेलकुद र ओलम्पियनहरूको अनुभव बाँडेको छ।
  • कार्यक्रममा ओलम्पियन र अन्तर्राष्ट्रिय खेलाडीहरूले आफ्नो यात्रा र चुनौतीहरू साझा गरे र विभिन्न खेल प्रदर्शनहरू प्रस्तुत गरे।
  • यो कार्यक्रमले विद्यार्थीहरूलाई प्रेरित गर्न र खेलकुदको महत्व प्रवर्द्धन गर्न मद्दत गरेको छ।

३ जेठ, काठमाडौं । नेपाल ओलम्पियन्स संघले सुरु गरेको ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम यो वर्ष पनि जारी छ। झण्डै ४ वर्षअघि सुर्खेतबाट सुरु भएको यो कार्यक्रम यसपटक काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल पुलिस स्कुलमा आयोजना गरिएको छ।

कार्यक्रममा ओलम्पियन तथा अन्तर्राष्ट्रिय खेलाडीहरू— एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, र भलिबलकी उषा भण्डारीले विद्यार्थीहरूसँग आफ्नो प्रेरणादायी अनुभव बाँडेका थिए ।

उनीहरूले आफ्नो खेल यात्रा, चुनौती, परिवारको सहयोग, र पढाइ तथा खेललाई सँगै कसरी अगाडि बढाउने भन्नेबारे सुझाव दिए। विद्यार्थीहरूले उत्साहका साथ प्रश्न सोधेका थिए भने कार्यक्रमको अन्त्यमा कराते, तेक्वान्दो, जुडो र जिम्न्यास्टिक खेलाडीहरूले डेमो प्रस्तुति र नृत्य देखाए।

ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्ट, महासचिव राजेन्द्र भण्डारी र अन्य पदाधिकारीहरूको उपस्थितिमा, स्कुललाई विभिन्न खेल सामग्रीहरू पनि हस्तान्तरण गरिएको थियो।

‘सर्भिस टु सोसाइटी, सर्भिस टु ओलम्पियन’ नारासहित सन् २०७८ मा सुरु भएको यो कार्यक्रम हालसम्म १६ स्थानमा सम्पन्न भइसकेको छ। नेपाल पुलिस स्कुलमा यो दोस्रोपटक आयोजना भएको हो।

स्कुल टु ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय