News Summary
Generated by OK AI. Editorially reviewed.- थाइल्याण्डले यूएईलाई हराउँदै एसिया छनोटमा स्थान बनाएको छ र अब नेपाल र यूएईबीचको खेल निर्णायक हुनेछ।
- यदि नेपालले यूएईलाई जित्यो भने, उनीहरू एक खेल अगावै ग्लोबल छनोटमा पुग्नेछन्।
- खेल वर्षाले रद्द भएमा, नेपाल र यूएईबीचको अन्तिम खेल निर्णायक हुनेछ र नेपालले थाइल्याण्डलाई हराएमा अगाडि बढ्नेछ।
४ जेठ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर थ्री को पहिलो खेलमा थाइल्याण्डले यूएईलाई हराएको छ ।
आइतबार विहान भएको खेलमा थाइल्याण्डले यूएईलाई ५४ रनले हराउँदै ग्लोबल छनोटमा स्थान बनाएको हो । अब नेपाल र यूएईमध्ये एक टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
त्यसकारण सोमबार हुने नेपाल र यूएईबीचको खेल नै निर्णायक हुने भएको छ । उक्त खेलमा दुवै टोली जित्नैपर्ने दबाबमा हुनेछन् । नेपालले यूएईलाई हराएमा एक खेल अगावै ग्लोबल छनोट पुग्ने निश्चित हुनेछ ।
यदि सोमबारको खेलमा यूएई विजयी भएमा नेपालले अर्को खेलमा थाइल्याण्डलाई हराएपनि पर्याप्त हुने छैन । यूएईको ८ अंक हुनेछ र नेपालले थाइल्याण्डलाई जिते पनि ७ अंक मात्र हुनेछ ।
यदि खेल वर्षाले रद्द भएमा भने नेपाल र थाइल्याण्डबीचको अन्तिम खेल निर्णायक बन्ने छ । हाल नेपालको ५ अंक र यूएईको ६ अंक छ । भोलिको खेल वर्षाले रद्द भएमा नेपाल ६ र यूएई ७ मा हुनेछन् । यस्तोमा थाइल्याण्डलाई हराए नेपाल अगाडि बढ्नेछ ।
प्रतिक्रिया 4