+
+
Shares

सुदूरपश्चिममा नाउपाबाट रामेश्वर चौधरी मन्त्री नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते १५:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसदीय दलको निर्णय विपरीत नागरिक उन्मुक्ति पार्टीका सांसद रामेश्वर चौधरी सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन्।
  • उनको शपथ ग्रहण कार्यक्रम आज साँझ ५ बजे तय भएको छ।
  • अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशन विपरीत संसदीय दलले रामेश्वर चौधरीको नाम सिफारिस गरेको थियो।

४ जेठ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद रामेश्वर चौधरी सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।

उनको आजै साँझ ५ बजे शपथ कार्यक्रम तय भएको छ ।

अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशन विपरीत संसदीय दलले मन्त्रीमा चौधरीको नाम सिफारिस गरेको थियो ।

प्रदेश संसदीय दलको बैठकले प्रदेश सभा सदस्य रामेश्वर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको थियो ।

अध्यक्ष श्रेष्ठले भने प्रदेश संसदीय दललाई लिखित पत्र पठाउँदै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कैलाश चौधरीलाई पठाउन निर्देशन दिएकी थिइन् ।

उक्त निर्देशन विपरीत संसदीय दलले रामेश्वरलाई मन्त्री बनाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?