+
+
Shares

२५-३० वर्षको जवान जस्तो त्यसै दौडेको होइन : प्रचण्ड

मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियानका क्रममा आइतबार दैलेखमा आयोजित सभामा प्रचण्डले माओवादी बलियो हुँदा दलित, मजदुर, महिलाहरु बलियो हुने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते १७:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी बलियो हुँदा देश बलियो हुने बताएका छन्।
  • प्रचण्डले दैलेखमा आयोजित सभामा माओवादी बलियो हुँदा दलित, महिलाहरु, मजदुर र किसानहरु बलियो हुने बताए।
  • उनले माओवादी बलियो हुँदा नेपाल बलियो हुने र आफू ३० वर्षको जवान जस्तै दौडिरहेको बताएका छन्।

४ जेठ, दैलेख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी बलियो हुँदा देश बलियो हुने बताएका छन् ।

मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियानका क्रममा आइतबार दैलेखमा आयोजित सभामा प्रचण्डले माओवादी बलियो हुँदा दलित, मजदुर, महिलाहरु बलियो हुने बताए ।

‘आउने समयमा माओवादी बलियो हुँदा दलित बलियो हुनेछन्, माओवादी बलियो हुँदा महिलाहरु बलियो हुनेवाला छन् । माओवादी बलियो हुँदा मजदुर र किसानहरु बलियो हुनेवाला छन्’ प्रचण्डले भने, ‘माओवादी बलियो हुँदा नेपाल बलियो हुनेवाला छ ।’

माओवादी बलियो हुँदा देश बलियो हुने भएकैले आफू ३० वर्षको जवान जस्तोगरी दौडिरहेको उनले बताए । ‘म अरु नेताहरु (आफ्ना पार्टीका) भन्दा एक दुई वर्ष जेठो छु । ७० नाघेपनि तपाईँहरुले देख्नु भाछ नि २५÷३० वर्षको जवान जस्तोगरी देशभर त्यसै दौडेको होइन । बाँकी क्रान्ति पुरा गर्ने उद्देश्यले दौडेको हो’, उनले भने ।

अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्ग माओवादीको प्रस्तावमा बनेकाले पनि पार्टीले अभियान चलाइरहेको उनले बताए । ‘मध्य पहाडी लोकमार्गको प्रस्ताव माओवादी केन्द्र हो, त्यसको प्रस्तावक प्रचण्ड नै हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?