+
+
Shares

जनमतका निलम्बित कोषाध्यक्ष यादव धरौटी बुझाएर छुटे

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते १९:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर जिल्ला अदालतले जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको थियो।
  • उनीलाई ७ वैशाखमा सप्तरीबाट पक्राउ गरी अदालतले रिहा गरेको एसएसपी श्यामकृष्ण अधिकारीले बताए।
  • उनलाई ठगीको आरोपमा १ करोड ८५ लाख रुपैयाँ बिगो असुल गर्न मुद्दा दायर भएको थियो।
  • यो विवाद ललितपुरको इमाडोलको घरबाट सुरु भएको देखिन्छ, जहाँ घरको विवादका कारण यादव पक्राउ परेका थिए।
  • जनमत पार्टीले रकमको जिम्मा यादवलाई दिएको थियो, तर उनले त्यो रकम चुनावका बेला लगेको र तिरेको दाबी गरे।

४ जेठ, काठमाडौं । जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई धरौटी बुझाएर छुटेका छन् ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको इजलासले यादवलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको थियो । लगत्तै उनी धरौटीब बुझाएर रिहा भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।

ठगीको कसुरमा ७ वैशाखमा सप्तरीबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो । जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले दिएको जाहेरीका आधारमा उनी र उनकी श्रीमती ललिताकुमारी यादवविरुद्ध १ करोड ८५ लाख १ हजार रुपैयाँ बिगो असुल उपर गर्नुपर्ने माग गर्दै मुद्दा दायर भएको थियो ।

जनमतका नेताहरूको यो विवाद भने ललितपुरको इमाडोलको एक घरबाट सुरु भएको देखिन्छ । शिवा आलेको नाममा रहेको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा रहेको कित्ता नम्बर ९४३ को १४३.१२ वर्गमिटरमा (साढे चार आना) तीन तले आठ कोठे घरको विवादका कारण उनी पक्राउ परेका थिए ।

यो खरिदका लागि भने जनमत पार्टीको सचिवालयले नै निर्णय गरेर कोषाध्यक्ष समेत रहेका यादवलाई जिम्मा दिएको बताएको थियो । त्यस वापत रकम कोषाध्यक्ष यादवलाई दिएको बताएका थिए । तर यादवले भने उक्त चुनावका बेला लगेको र अहिले तिरेको दाबी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?