+

महिला टी-२० विश्वकप एसिया छनोट : सुपर ३ मा नेपालले यूएईसँग खेल्दै

२०८२ जेठ  ५ गते ७:०७ २०८२ जेठ ५ गते ७:०७
महिला टी-२० विश्वकप एसिया छनोट : सुपर ३ मा नेपालले यूएईसँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आज यूएईसँग खेल्दै आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर थ्रीको पहिलो खेल खेल्नेछ।
  • खेलमा जित्नैपर्ने दबाबमा रहेको नेपालले यदि जित्यो भने ग्लोबल छनोटमा स्थान निश्चित हुनेछ।
  • यदि यूएई विजयी भएमा नेपालले अर्को खेल जिते पनि पर्याप्त नहुने र अन्तिम खेल निर्णायक हुने छ।

५ जेठ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर थ्री को आफ्नो पहिलो खेलमा नेपालले आज यूएईसँग खेल्दै छ ।

अघिल्लो चरणमा पुग्नका लागि नेपाललाई यस खेलमा जित्नैपर्ने दबाब छ । खेल विहान पौने ९ बजेदेखि तेरथाइ क्रिकेट मैदानमा सुरु हुनेछ ।

आइतबार विहान भएको खेलमा थाइल्याण्डले यूएईलाई ५४ रनले हराउँदै ग्लोबल छनोटमा स्थान बनाइसकेको छ । अब नेपाल र यूएईमध्ये एक टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

त्यसकारण सोमबार हुने नेपाल र यूएईबीचको खेल नै निर्णायक हुने भएको छ । उक्त खेलमा दुवै टोली जित्नैपर्ने दबाबमा हुनेछन् । नेपालले यूएईलाई हराएमा एक खेल अगावै ग्लोबल छनोट पुग्ने निश्चित हुनेछ ।

यदि आजको खेलमा यूएई विजयी भएमा नेपालले अर्को खेलमा थाइल्याण्डलाई हराएपनि पर्याप्त हुने छैन । यूएईको ८ अंक हुनेछ र नेपालले थाइल्याण्डलाई जिते पनि ७ अंक मात्र हुनेछ ।

यदि खेल वर्षाले रद्द भएमा भने नेपाल र थाइल्याण्डबीचको अन्तिम खेल निर्णायक बन्ने छ । हाल नेपालको ५ अंक र यूएईको ६ अंक छ । खेल वर्षाले रद्द भएमा नेपाल ६ र यूएई ७ मा हुनेछन् । यस्तोमा थाइल्याण्डलाई हराए नेपाल अगाडि बढ्नेछ ।

नेपाली महिला क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय