+
+
Shares

परासी–सुनवल खण्डमा भारतीय नम्बरको गाडीको ठक्करबाट एक युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते ७:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ५ जेठमा काठमाडौं नवलपरासी पश्चिमको सुनवल–परासी सडकखण्डमा भारतीय नम्बर प्लेटको गाडीले मोटरसाइकल सवार युवकलाई ठक्कर दिँदा मृत्यु भएको हो।
  • मृत्यु हुनेमा रामग्राम नगरपालिका १ का २२ वर्षीय जीवन यादव रहेका छन्, जसलाई अस्पतालमा मृत घोषणा गरिएको छ।
  • ठक्करपछि भागेको गाडीको खोजी र थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ।

५ जेठ, काठमाडौं । नवलपरासी पश्चिमको सुनवल–परासी सडकखण्डमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका १ सण्डा बस्ने २२ वर्षीय जीवन यादव छन् ।

परासीतर्फ जाँदै गरेको भारतीय नम्बरको गाडीले विपरीत दिशामा रहेको लु ३६ प २५०० नम्बरको मोटरसाइकलमा सवार यादवलाई सुनवल नगरपालिका ९ स्वाठीमा ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाइएकोमा राति करिब ८ः४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।

यादवलाई ठक्कर दिएर भारतीय नम्बर प्लेटको सानो गाडी भागेको थियो । त्यसको खोजी भइरहेको र थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?