News Summary
Generated by OK AI. Editorially reviewed.- गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई १० विकेटले पराजित गरी आइपिएलको प्लेअफमा स्थान बनाएको हो ।
- गुजरातले १२ खेलमा १८ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको हो र तीन टोलीले प्लेअफमा स्थान पक्का गरेका छन् ।
- दिल्लीले दिएको २०० रनको लक्ष्य गुजरातले १९ ओभरमा कुनै विकेट नगमाई पूरा गर्यो ।
५ जेठ, काठमाडौं । गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई १० विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा प्रवेश गरेको छ ।
गुजरातको सानदार जितपछि गुजरातसँगै तीन टोलीले प्लेअफमा स्थान पक्का गरेको छ ।
दिल्ली विरुदध जितपछि १२ खेलमा १८ अंक जोडेको गुजरात शीर्ष स्थानमा उक्लँदै प्लेअफ पुगेको हो ।
गुजरातको जितले दोस्रो स्थानको रोयल च्यालेन्जर्स बेङ्लुरु र तेस्रो स्थानको पञ्जाव किंग्सल प्ले अफमा स्थान सुरक्षित गरेका छन् । बेंगलुरु र पञ्जावको समान १७ अंक छ ।
अब बाँकी एक स्थानमा लागि तीन टिम होडमा छन् । त्यसमा मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जयान्ट्स छन् ।
अरुण जेट्ली क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोली दिल्लीले दिएको २०० रनको लक्ष्य गुजरातले १९ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गरेको हो ।
गुजरातका लागि साई शुदर्शनले ६१ बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै अविजित १०८ रन बनाए । कप्तान शुभमन गिलले ५३ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै अविजित ९३ रन बनाए ।
त्यसअघि केएल राहुलको अविजित ११२ रनको मदतमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १९९ रन बनाएको थियो ।
प्रतिक्रिया 4