+

च्याम्पियन बार्सिलोना घरेलु मैदानमा पराजित

२०८२ जेठ  ५ गते ९:४६ २०८२ जेठ ५ गते ९:४६
च्याम्पियन बार्सिलोना घरेलु मैदानमा पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ला लिगा च्याम्पियन बार्सिलोना घरेलु मैदानमा भियारियालसँग ३-२ ले पराजित भयो ।
  • भियारियालको जितमा पेरेज, कोमेसाना र बुचाननको गोल गरे । बार्सिलोनाका लागि लामिन यामल र फर्मिन लोपेजले गोल गरे ।
  • ३७ खेलमा ६७ अंक जोडेर पाँचौं स्थानमा उक्लेको भियारियालले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गर्‍यो।

५ जेठ, काठमाडौं । ला लिगा  च्याम्पियन बनिसेको बार्सिलोना आइतबार भएको खेलमा घरेलु मैदानमा भियारियालसँग ३-२ ले पराजित भएको छ ।

ओलिम्पिक लुइस कम्पनिज रंशालामा भएको खेलमा भियारियाललाई जित दिलाउन आयोजे पेरेज, सान्टी कोमेसाना र ताजोन बुचाननले गोल गरे । बार्सिलोनाका लागि लामिन यामल र फर्मिन लोपेजले गोल गरे ।

जितपछि भियारियाल ३७ खेलमा ६७ अंक जोडेर अंक तालिकामा पाँचौं स्थानमा उक्लेको छ र अर्को सिजनको च्याम्पियन्स लिगमा समेत स्थान पक्का गरेको छ ।

च्याम्पियन बार्सिलोनाको समान खेलबाट ८५ अंक छ ।

खेलको चौथो मिनेटमै पेरेजको गोल गर्दै भियारियाललाई अग्रता दिलाएका थिए । तर पहिलो हाफमै बार्सिलोनाले दुई गोल गर्दै खेलमा फर्किएको थियो ।

बार्सिलोनाका लागि यामलले ३८औं मिनेटमा बराबरी गोल गरे भने पहिलो हाफको इन्जुरी टाइममा फर्मिन लोपेजले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए ।

तर बार्सिलोनाको अग्रता पनि लामो समय टिकेन । दोस्रो हाफको पाँचौ मिनेटमै कोमेसानाले गोल गर्दै भियारियाललाई खेलमा फर्काए ।

वैक्लपिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ताजोन बुचानानले ८०औं मिनेटमा गोल गर्दै भियारियाललाई ३-२ को जित दिलाए ।

अघिल्लो खेलमै च्याम्पियन बनिसकेको बार्सिलोनाको लागि घरेलु मैदानमा जितसहित ट्रफी उचाल्ने योजना बनाएपनि हारपछि खल्लो रह्यो ।

आइतबारै सम्पन्न खेलमा रियल मड्रिडले सेभियालाई २-० ले तथा एट्लेटिको मड्रिडले रियल बेटिसलाई ४-१ ले हरायो ।

यस्तै एथ्लेटिक विल्वाओले भ्यालेन्सियालाई १-० ले हरायो ।

च्याम्पियन बार्सिलोनासँगै रियल मड्रिड, एट्लेटिको मड्रिड, एथ्लेटिक विल्वाओ र भियारियालले अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेका छन् ।

ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय