News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्न प्रतिस्पर्धात्मक लक्ष्य निर्धारण गर्यो।
- यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनायो, नेपाललाई ११५ रनको लक्ष्य दिए।
- यूएईका कप्तान इशा ओजाले ३९ रन, तीर्था सतिशले २१ र हीना होचन्दानीले २० रन बनाइन्।
- नेपालका मनिषा उपाध्यायले ४ ओभरमा २० रन दिएर ४ विकेट लिइन्, कविता कुँवर र राजमती ऐरीले पनि विकेट लिए।
- दुवै टोलीले जित्नैपर्ने दबाबमा खेल्दै, नेपालले यूएईलाई हराएमा ग्लोबल छनोट निश्चित हुनेछ।
५ जेठ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्न नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ ।
यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाउँदै नेपाललाई ११५ रनको लक्ष्य दिएको हो ।
यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै तीर्था सतिशले २१ तथा हीना होचन्दानीले २० रन बनाए ।
नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा २० रन दिएर ४ विकेट लिइन् । त्यस्तै कविता कुँवरले २ तथा राजमती ऐरीले १ विकेट लिए ।
यस खेलमा दुवै टोली जित्नैपर्ने दबाबमा हुनेछन् । नेपालले यूएईलाई हराएमा एक खेल अगावै ग्लोबल छनोट पुग्ने निश्चित हुनेछ ।
प्रतिक्रिया 4