+
+
Shares

तिलगाउँ हिमपहिरो पीडितको उद्धार गर्न सांसद लामाको आग्रह

नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले हिमाली क्षेत्रमा रहेका सबै ताल जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते ११:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले हिमाली क्षेत्रमा रहेका सबै ताल जोखिममा रहेको बताए।
  • सांसद लामााले हुम्लाको तिलागाउँमा १ जेठमा हिमताल फुटेर गाउँ तहसनहस भएको घटना बताए र तत्काल राहतको आवश्यकता औंल्याए।
  • उनले हिमताल फुट्दा गाउँमा जनधनको क्षति पुगेको र पुल, सिंचाइकुलो, र विद्युत परियोजना तहसनहस भएको बताए।

५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले हिमाली क्षेत्रमा रहेका सबै ताल जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समय लिएर बोलेका सांसद लामाले हुम्लाको लिमीस्थित तिलगाउँमा १ जेठमा हिमताल फुटेर गाउँ तहसनहस बनाएको घटना चर्चा गर्दै यस्तो बताएका हुन् ।

उनले तिलागाउँका बासिन्दा जोखिममा रहेको भन्दै तत्काल उद्धार तथा राहत सहायताको लागि सरकारको ध्यानाकर्षण गराए ।

‘हिमालपारीको गाउँ भनेर चिनिने हुम्लाको लिमीस्थित तिलगाउँमा जेठ १ गते हिमताल फुटेर गाउँ तहसनहस बनाएको छ । ४७ सय मिटरमाथि रहेको हिमताल फुट्दा तिलागाउँमा जनधनको क्षति पुगेको छ,’ सांसद लामाले भने, ‘काठका पाँचवटा पुल बगाएको छ । चार पाँच सय रोपनी खेतीमा लाग्ने सिंचाइकुलो क्षतविक्षत बनाएको छ भने १५ किलोवाट क्षमताको विद्युत परियोजना तहसनहस भएको छ ।’

तिलगाउँमा १८ घरका ३२ जना रहेको भन्दै उनले पहिरोपछि उनीहरू नजिकैको बारीमा त्रिपालको छानोमुनि बसिरहेको बताए ।

‘१८ घरपरिवारका ३२ जना नजिकैको बारीमा त्रिपाल लगाएर बसेका छन् । २१ महिला, ९ पुरुष, दुई बालक जोखिममा छन् । अप्ठेरो र त्रसित अवस्थामा बसिरहेका छन्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?