+
+
Shares
तिलगाउँ हिम पहिरो :

घटनास्थल पुग्न सकेन निरीक्षण टोली, हाई अल्टिच्युडका कारण लिमीबाटै फर्कँदै

आइतबार जिल्ला प्रहरी कार्यालयबाट डीएसपीसहितको टोली तिलगाउँ जाने तयारीसहित निस्केको थियो । तर उक्त टोली हाई अल्टिच्युडका कारण तिलगाउँ नपुगी फर्कने भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १४:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरी टोली तिलगाउँ जाने तयारीमा थियो, तर हाई अल्टिच्युडका कारण लिमीबाट उक्त टोली तिलगाउँ नपुगी फर्कने तयारी गरेको छ ।
  • १ जेठको राति हिमताल फुटेर आएको बाढीले तिलगाउँको १८ घर प्रभावित भएको र ३२ जना जोखिममा परेका छन्।
  • अहिले १८ घरका ३२ जनालाई नजिकैको विद्यालयमा र खुला चौरमा त्रिपाल टाँगेर राखिएको छ ।

५ जेठ, काठमाडौं । हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका–६ तिलगाउँमा हिमताल फुटेर लेदोसहितको पहिरो आएपछि जिल्लाबाट टोली घटनास्थलतर्फ खटियो । आइतबार जिल्ला प्रहरी कार्यालयबाट डीएसपीसहितको टोली तिलगाउँ जाने तयारीसहित निस्केको थियो । तर उक्त टोली हाई अल्टिच्युडका कारण तिलगाउँ नपुगी फर्कने भएको छ ।

प्रहरीका डीएसपी शंकर पोखरेल, सशस्त्र प्रहरीका डीएसपी देवराज राईसहितको टोली आइतबार नै घटनास्थल जाने भन्दै गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्स्पेक्टर तथा प्रवक्ता जंगबहादुर सिंहले बताए ।

घटनास्थल तिलगाउँको अवलोकन निरीक्षण र लिमीमा चौकी स्थापना गर्ने उद्देश्यसहित गएको टोली भने लिमीबाटै फर्कने भएको छ । लिमीमा चौकी स्थापना गरेर तिलगाउँ नपुग्दै सोमबार डीएसपीको टोली जिल्ला फर्कन लागेको हो ।

‘हाम्रो टोली हाई अल्टिच्युडका कारण माथि जान सकेन । चौकी स्थापना गरेर लिमीबाटै फर्कने भएको छ,’ इन्स्पेक्टर सिंहले अनलाइनखबरसँग भने । उनका अनुसार लिमीबाट घटनास्थल तिलगाउँ पुग्न करिब ७ घण्टा माथि जानुपर्छ ।

१ जेठको राति दुई वटा हिमताल फुटेर लेदोसहितको बाढी आएपछि तिलगाउँ जोखिममा परेको छ ।

अहिले १८ घरका ३२ जनालाई नजिकैको विद्यालयमा र खुला चौरमा त्रिपाल टाँगेर राखिएको छ । मानवीय क्षति नभए पनि बस्ती जोखिममा छ भने अन्य भौतिक क्षति समेत ठूलो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?