+
+
Shares

‘टाटा ईभी प्रि-बजेट एक्स्चेन्ज फेस्ट’ ७ जेठसम्म

यस मेलामा ग्राहकले कुनै पनि ब्रान्डको पुरानो गाडी दिएर टाटाको नयाँ इलेक्ट्रिक गाडी (ईभी) साट्न सक्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिप्रदी ट्रेडिङले ‘प्रि-बजेट एक्स्चेन्ज फेस्ट’ ५ देखि ७ जेठसम्म बढाएको छ।
  • ग्राहकले पुरानो गाडी साटेर टाटा इलेक्ट्रिक गाडी किन्ने अवसर पाउनेछन्।
  • अफर अन्तर्गत आकर्षक बोनस, निःशुल्क एसेसरिज र जीवनभरि निःशुल्क चार्जिङ सुविधा उपलब्ध हुनेछ।

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ग्राहकको उत्साहपूर्ण सहभागिता र बढी रहेको माग ध्यानमा राखी ‘प्रि-बजेट एक्स्चेन्ज फेस्ट’ लाई अतिरिक्त ३ दिन (५ देखि ७ जेठ) सम्म बढाएको छ ।

यस मेलामा ग्राहकले कुनै पनि ब्रान्डको पुरानो गाडी दिएर टाटाको नयाँ इलेक्ट्रिक गाडी (ईभी) साट्न सक्नेछन् । यसबाट उनीहरूले आकर्षक एक्स्चेन्ज बोनस, निःशुल्क एसेसरिज, र जीवनभरि निःशुल्क चार्जिङजस्ता विशेष सुविधा पाउनेछन् । यो अफर टाटा टियागो ईभी, कर्भ ईभी, पन्च ईभी र नेक्सन के३ ईभीजस्ता इलेक्ट्रिक मोडेलमा लागु हुनेछ ।

अतिरिक्त रूपमा ग्राहकले निःशुल्क चार्जिङ बक्स र त्यसको स्थापना सुविधा पाउनेछन् । इच्छुक ग्राहकले देशभरि रहेका सिप्रदीको आधिकारिक शोरुममा गई मेला अवलोकन गर्न तथा ईभी टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

सिप्रदी ट्रेडिङले ग्राहकको उत्साह र समर्थनलाई धन्यवाद दिँदै यो अभियान थप व्यापक बनाएको छ । त्यसैले ईभीमा स्विच गर्न चाहनेले यो अवसर नछुटाउन सिप्रदीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?