+
+
Shares

पार्टीभित्र उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १६:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र असन्तुष्टि र छटपटाहट देखिएको बताए।
  • उनले पार्टीभित्रको समस्या भएता पनि अवसर रहेको र चुनाव जितेको पार्टीको स्थिति बलियो रहेको उल्लेख गरे।
  • थापाले पार्टीभित्रको स्थिति र सरकारको सबै तहमा कांग्रेसको प्रभुत्वलाई संकेत गर्दै खुसी हुनुपर्ने बताए।

५ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट देखिएको टिप्पणी गरेका छन् ।

बीपी कोइरालाको जीवनकथामा आधारितक पुस्तक ‘सान्दाजु’ को लोकापर्ण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । साथै, उनले यसभित्रै अवसर छ भनेर पनि भन्नुपर्ने बताए ।

‘नेपाली कांग्रेस पार्टीभित्र अहिले एउटा खालको उकुसमुकुस छ, गुनासो छ, असन्तुष्टि छ, एउटा छटपटाहट देखिन्छ । तर, एउटा अवसर पनि छ भनेर म भनिरहेको छु,’ महामन्त्री थापाले भने ।

लामो समयदेखि टेक्निकल र ब्युरोक्रेटिक कुरा गरिएको भए पनि यो पटकको घटनाले फरक अनुभव गराएको उनले बताए ।

‘यो पटकको घटनाले हामीलाई के देखाइदिएको छ, चुनाव जितेका छौं । नेपालको ठूलो पार्टी हौं हामी । हामी सबैतिर सरकारमा छौं । नभएको ठाउँ नै छैन । अहिले बनाएको प्रधानमन्त्री र हुनेवाला प्रधानमन्त्री पनि हाम्रो,’ महामन्त्री थापाले भने, ‘सबै हाम्रो । गभर्नर हाम्रो, उ, हाम्रो त्यो हाम्रो । जताततै हाम्रो । यस्तो बेलामा खुसी हुनुपर्ने हो नि कांग्रेस । सबै हाम्रो भएको बेलामा किन खुसी नभएको त ? यसले के देखायो भने हामीले खोजेको यो होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?