+

फिनालिसिमा : प्रतीक्षा अर्जेन्टिना र स्पेनबीचको खेलको

२०८२ जेठ  ५ गते १७:२३ २०८२ जेठ ५ गते १७:२३
फिनालिसिमा : प्रतीक्षा अर्जेन्टिना र स्पेनबीचको खेलको

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ५ जेठ काठमाडौंमा भएको बैठकले २०२६ मा युरोप र दक्षिण अमेरिकाको च्याम्पियन टोलीबीच फाइनल खेल हुने निर्णय गर्यो।
  • अर्जेन्टिना र स्पेनबीचको फाइनल खेलको मिति र स्थान अझै तय भएको छैन, विस्तृत विवरण पछि सार्वजनिक गरिनेछ।
  • फिफाले अर्जेन्टिना र स्पेनबीचको फाइनलको मिति २०२६ मार्च २३ देखि ३१ सम्मको प्रस्ताव गरेको छ।

५ जेठ, काठमाडौं । युरोप र दक्षिण अमेरिकी महादेशको च्याम्पियन टोलीबीच हुने फाइनल खेल अर्थात फिनालिसिमाको तेस्रो संस्करण आगामी वर्ष २०२६ मा हुने तय भएको छ ।

दक्षिण अमेरिकाको महादेशिय प्रतियोगिता कोपा अमेरिकाको विजेता अर्जेन्टिना (विश्वकप विजेता समेत हो) र युरोपको प्रतियोगिता युरोको विजेता स्पेनबीच अर्को वर्ष फिनालिसिमा हुने भएको हो ।
विश्व फुटबलको दुई चर्चत टोली र आफ्नो महादेशको च्याम्पियन दुई टोलीबीच खेल हुने भएपछि अहिले यो खेलको प्रतीक्षा बढ्न थालेको छ ।

पाराग्वेको असुन्सिओनमा भएकग ७५औं फिफा कंग्रेसको अवसरमा दक्षिण अमेरिका फुटबल संघ कन्मेबोल, युरोपेली फुटबल महासंघ युइएफएसहित अर्जेन्टिनी फुटबल संघ एएफए र रोएल स्पानिस पुटबल फेडेरेसन (आरएफइएफ) को प्रतिनिधिहरुबीच पहिलो पटक छलफल भएको थियो । जहाँ कोपा अमेरिका २०२४ को विजेता र युरो २०२४ को विजेताबीच फिनालिसिमा खेल हुनेबारे छलफल भएको थियो ।

खेल अर्को वर्ष हुने भनिएपनि मिति र स्थान तोकिएको छैन । खेलको आयोजना बारे विस्तृत विवरण केही समयमा सार्वजनिक गरिने युइएफएले जनाएको छ ।

तर विश्वकप फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिना र स्पेनबीच हुने फिनालिसिमाका लागि २०२६ मार्च २३ देखि ३१ सम्मको मिति उपलब्ध गराएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएको छ ।

विश्व विजेता समेत रहेको अर्जेन्टिनाले पछिल्लो पटक सन् २०२२ मा भएको फिनालिसिमा जितेको थियो ।

लण्डनस्थित वेम्बली स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले युरो २०२० को विजेता इटलीलाई ३-० ले हराएर फिनालिसिमाको उपाधि जितेको थियो ।

फिनालिसिमा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय