
News Summary
Generated by OK AI. Editorially reviewed.- लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ५ देखि १४ जेठसम्म हुन्डाई इलेक्ट्रिक सवारीसाधनमा प्रि–बजेट अफर ल्याएको छ ।
- अफरमा निःशुल्क बीमा, सडक कर, र नगद छुट सहित विभिन्न लाभ उपलब्ध छन् ।
- ग्राहकले हुन्डाई कोना इलेक्ट्रिक, आइओएनआईक्यू ५ र क्रेटा ईभी किन्ने अवसर पाउनेछन् ।
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई इलेक्ट्रिक सवारीसाधनमा आकर्षक ‘प्रि–बजेट’ अफर ल्याएको छ । यो अफर ५ देखि १४ जेठसम्म लागु हुने कम्पनीले जनाएको छ ।
ग्राहकलाई यो अफर हुन्डाई कोना इलेक्ट्रिक, पुरस्कार विजेता आइओएनआईक्यू ५ र क्रेटा ईभीमा लागु गरिएको छ।
यो अफर नेपाली उपभोक्ताबीचमा विद्युतीय सवारीसाधन पहुँच बढाउन डिजाइन गरिएको कम्पनीको भनाइ छ ।
यस योजना अन्तर्गत नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आइओएनआईक्यू ५ र क्रेटा इभी खरिद गर्ने ग्राहकले प्रोत्साहनस्वरूप विभिन्न लाभ उठाउन सक्नेछन् ।
प्रि–बजेट छुट योजनाको मुख्य विशेषतामा निःशुल्क बीमा रहेको छ, जसमा ग्राहकले आफ्नो नयाँ हुन्डाई ईभीका लागि निःशुल्क बीमा कभरेज प्राप्त गर्नेछन् ।
साथै, यस अफरमा ग्राहकले सडक करसमेत निःशुल्क पाउने छन् । यसका साथै तीनवटै मोडेलमा विशेष नगद छुट प्रदान गरिने छ, जसले
यी अत्याधुनिक विद्युतीय सवारीसाधनलाई पहिलेभन्दा बढी किफायती बनाउने छ ।
कम्पनीका अनुसार यो प्रि–बजेट योजना ग्राहकलाई विशेष अफर सहित सुविधा प्रदान गर्ने एक सक्रिय पहल हो ।
ईभी गाडीका पारखीले प्रत्येक मोडेलमा विशेष अफरबारे थप जान्न र आफ्नो मनपर्ने हुन्डाई इलेक्ट्रिक गाडी बुक गर्न आफ्नो नजिकको हुन्डाई शोरुममा जान सक्नेछन् ।
हुन्डाईको विद्युतीय सवारीसाधनको क्रान्तिमा सामेल हुने, आकर्षक छुट र अन्य अफरको फाइदा उठाउन यो महत्त्वपूर्ण अवसरको सदुपयोग गर्न ग्राहकलाई आग्रह गरिएको छ ।
प्रतिक्रिया 4