+

एसियन कराते च्याम्पियनसिपमा ११ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

२०८२ जेठ  ५ गते १७:५६ २०८२ जेठ ५ गते १७:५६
एसियन कराते च्याम्पियनसिपमा ११ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालबाट ११ जना खेलाडीले २१औं एकेएफ एसियन सिनियर कराते च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्नेछन्।
  • खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुभकामना दिए।
  • प्रतियोगिता मे २३ देखि २५ सम्म उज्वेकिस्तानको तास्केन्तमा आयोजना हुनेछ।

५ जेठ, काठमाण्डौ । २१औं एकेएफ एसियन सिनियर कराते च्याम्पियनसिपमा नेपालबाट ११ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

यही जेठ ९ देखि ११ गते (मे २३–२५) सम्म उज्वेकिस्तानको तास्केन्तमा हुने च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमकाबीच शुभकामना सहित बिदाइ गरेका छन् ।

खेलाडीहरुमा सोनिम मानन्धर, साजन मोक्तान, मीन बहादुर तामाङ, सन्तोष श्रेष्ठ, महमद सेखु आलम, तेन्जिङ शेर्पा, सानुमाया थिङ, अन्जली महर्जन, सविना श्रेष्ठ, निरुपा दोङ तामाङ र एरिका गुरुङ छन् ।

पुरुषमा ५५ केजीमुनि साजन मोक्तान, ६० केजीमुनि मिनबहादुर तामाङ, ६७ केजीमुनि सन्तोष श्रेष्ठ, ८४ केजीमुनि मोहम्मद शेखु आलम, ८४ केजीमाथि तेन्जिङ शेर्पा र एकल कातामा सोनिम मानन्धरले प्रतिस्पर्धा गर्नेछन् । यसअघि पुरुष ७५ केजीमुनि समूहमा छनोट भएका शिबु ओड भने एसियन च्याम्पियनसिप खेल्न नजाने भएका छन् ।

यस्तै महिला एकल कातामा सानुमाया थिङ, ५० केजीमुनि अन्जली महर्जन, ५५ केजीमुनि सविना श्रेष्ठ, ६१ केजीमुनि निरुपमा तामाङ र ६८ केजीमाथि एरिका गुरुङले प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोली मंगलबार उज्वेकिस्तान प्रस्थान गर्नेछ ।

नेपाली टिमको मुख्य प्रशिक्षकमा कुशल श्रेष्ठ, प्रशिक्षकमा मन्डेकाजी श्रेष्ठ र टिम म्यानेजरमा किशोर प्रसाद भट्टराई छन् ।

एरिकाले यसअघि चीनमा भएको २०औं एसियन कराते च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी थिइन् । यसअघि रजत पदक जितिसकेकोले यस पटक स्वभाविक रुपमा स्वर्ण जित्ने लक्ष्य रहेको प्रशिक्षक कुशल श्रेष्ठले बताए ।

एरिका बाहेक नेपालका अन्य खेलाडीहरु पनि राम्रो रहेकोले पदकको सम्भावना भएको श्रेष्ठले बताए ।

एकेएफ एसियन सिनियर कराते
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय