+
+
Shares

होन्डाको ‘फ्रि सर्भिस क्याम्प’ सम्पन्न

होन्डा गाडीका ग्राहक लक्षित दमक, बिर्तामोड, धरान, इटहरी, विराटनगर लगायत सहरमा ३ दिने फ्रि सर्भिस क्याम्प सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १९:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याकार ट्रेडिङले काठमाडौंमा ३ दिने ‘फ्रि सर्भिस क्याम्प’ आयोजना गरी होन्डा गाडीको सेवा प्रदान गर्यो।
  • कम्पनीले विराटनगरस्थित सुबध अटो सर्भिस सेन्टरमा सर्भिस क्याम्प सम्पन्न गरी टेस्ट ड्राइभ र निःशुल्क एयरब्याग परिवर्तन गर्यो।
  • कम्पनीले भविष्यमा पनि यस्ता सेवा जारी राख्ने जानकारी दिएको छ।

५ जेठ, काठमाडौं। नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले ३ दिने ‘फ्रि सर्भिस क्याम्प’ सम्पन्न गरेको छ ।

कम्पनीले विराटनगरस्थित होन्डा आधिकारिक सर्भिस सेन्टर सुबध अटो सर्भिस सेन्टरमा फ्रि सर्भिस क्याम्प आयोजना गरेको थियो ।

होन्डा गाडीका ग्राहक लक्षित दमक, बिर्तामोड, धरान, इटहरी, विराटनगर लगायत सहरमा ३ दिने फ्रि सर्भिस क्याम्प सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले सर्भिस क्याम्पमा होन्डा इलेभेट गाडीको टेस्ट ड्राइभ पनि गरेको छ।

कम्पनीले लेबर चार्जमा २० प्रतिशत, पार्ट्समा ७ प्रतिशत, ल्युबमा ५ प्रतिशत र एचडीएस स्क्यानका साथै २००१ मोडेलदेखि २०१४ मोडेलसम्मका तोकिएका गाडीमा होन्डा सेफ्टी रिकल अन्तर्गत निःशुल्क एयरब्याग परिवर्तन गरेको थियो ।

भविष्यमा पनि कम्पनिले आफ्ना ग्राहकलाई यस्तै प्रकारका सेवा प्रदान गर्ने जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?