News Summary
Generated by OK AI. Editorially reviewed.- वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथन यही जेठ १० गते आयोजना हुनेछ ।
- नेपालसहित विश्वका ११० सहरमा एकै दिन यो दौड हुनेछ ।
- दौड ललितपुरको पाटन दरबारस्थित कृष्ण मन्दिरबाट सुरु हुनेछ ।
६ जेठ, काठमाडौं । वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथन यही जेठ १० गते हुने भएको छ । उक्त हाफ म्याराथनको तयारी पूरा भएको नेपालको आयोजकले जनाएको छ ।
ललितपुरको पाटन दरबारस्थित कृष्ण मन्दिरबाट दौड सुरु हुनेछ । गत वर्ष पनि यो दौड आयोजना भएको थियो ।
यस वर्ष नेपालसहित विश्वका ११० सहरमा एकै दिन यो हाफ म्याराथन हुन लागेको हो ।
हिरो लिगको आयोजनामा हुने यस दौडमा नेपालले पनि एक हजार भन्दा बढी धावकसहित सहभागिता जनाउने थालेको हो ।
विश्वकै ठूलो हाफ म्याराथनको रुपमा रहेको यसमा चार इभेन्टमा हुनेछ । २१.१ किमि, १० किमि, ५ किमि र १ किमिमामा धावकहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् ।
दौडको रुट ललितपुरको प्रमुख ऐतिहासिक तथा सांस्कृतिक स्थल रहेको छ ।
दौड पाटन दरबार क्षेत्रबाट सुरु भएर, मंगलबजार हुदै पुलचोक, जावलाखेल, एकान्तकुना, सातदोबाटो हुदै बल्खु, कलंकी, सितापाइला हुदै फेरी कृष्ण मन्दिरमै गएर अन्त्य हुनेछ ।
दौडमा बालबालिकादेखि ज्येष्ठ नागरिकसहित सबै उमेरका धावकलाई सहभागी हुने मौका प्रदान गरिने जनाइएको छ ।
नेपालमा यो दौड एनआरएस स्पोर्ट्स फाउन्डेसनले आयोजना गर्न लागेको हो ।
प्रतिक्रिया 4