 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएको कारणले प्रतिनिधिसभाको मंगलबारको प्रश्नोत्तर कार्यसूचीबाट हटाइएको छ।
- सभामुख देवराज घिमिरेका प्रेसविज्ञ शेखर अधिकारीले ओलीको स्वास्थ्यका कारण प्रश्नोत्तर र सोमबारको मन्त्रिपरिषद् बैठक रोकिएको जानकारी दिए।
- प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजे सुरु भएको छ।
६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा मंगलबारका लागि पूर्वनिर्धारित सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइएको छ ।
प्रधानमन्त्री ओली अस्वस्थ भएकाले प्रश्नोत्तरको कार्यसूची हटाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजेबाट सुरु भएको छ ।
सभामुख देवराज घिमिरेका प्रेसविज्ञ शेखर अधिकारीले प्रधानमन्त्री ओली स्वास्थ्यका कारणले अनुपस्थित हुने हुँदा प्रश्नोत्तरलाई कार्यसूचीबाट हटाइएको बताए । प्रधानमन्त्री ओली अस्वस्थ रहेको कारण देखाउँदै सोमबारको मन्त्रिपरिषद् बैठक पनि रोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4