+
+
Shares

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १२:०१
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवाबीच ६ जेठमा काठमाडौंमा भेटवार्ता भएको छ।
  • सचिवालयले बताए अनुसार प्रधानमन्त्रीलाई भेट्न देउवा बालुवाटारस्थित निवास पुगेका थिए ।
  • भेटघाटको कार्यक्रम हिजो तय भए पनि प्रधानमन्त्रीको स्वास्थ्यको कारणले आज मात्र भएको हो। प्रधानमन्त्रीको स्वास्थ्य कमजोर भएकाले आज संसदमा जवाफ दिने कार्यक्रम स्थगित गरिएको छ।

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्य रामशरण बजगाईंले भने, ‘हिजो नै भेट्ने कार्यक्रम थियो । तर हिजो भेट हुन नसकेपछि आज भेट भएको हो ।’ बजगाईंले यो भेट नियमित भएको बताए ।

प्रधानमन्त्रीको स्वास्थ्यको कारण देखाउँदै देउवासँगको भेट आजका लागि सारिएको थियो । आज पनि स्वास्थ्य त्यति राम्रो नभए पनि बाहिरको कार्यक्रममा सहभागी नभई प्रधानमन्त्री निवासमै भेटघाटको कार्यक्रम राखिएको हो ।

प्रधानमन्त्रीको अस्वस्थताको कारण आज संसदमा जवाफ दिने कार्यक्रम भने स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?