
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले फागुनमा ९ औं महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ।
- प्रतिष्ठानको केन्द्रीय समितिको बैठकले फागुन १, २ र ३ गते महाधिवेशन गर्ने निर्णय गरेको हो।
- बैठकले भदौ १४ र २८ गते क्रमशः जिल्ला र प्रदेश समितिको अधिवेशन गर्ने निर्णय गरेको छ।
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको ९ औं महाधिवेशन फागुनमा आयोजना हुने भएको छ । केन्द्रीय समितिको बैठकले फागुनमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
फागुन १, २ र ३ गते महाधिवेशन गर्ने निर्णय भएको प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले जानकारी दिइन् । बैठकले प्रतिष्ठान जिल्ला वा सो सरहका समितिको अधिवेशन भदौ १४ गते गर्ने र प्रतिष्ठान प्रदेश वा सो सरहका समितिको अधिवेशन भदौ २८ गते गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानका उपमहासचिव शिरिष देवकोटाका अनुसार प्रदेश र महाधिवेशनका प्रतिनिधि जिल्ला अधिवेशनकै दिनमा टुंगो लगाउने निर्णय समेत भएको छ ।
त्यसका साथै प्रतिष्ठानको सदस्यता डिजिटल्ली वितरण र व्यवस्थापन गर्ने निर्णय पनि गरिएको छ । महाधिवेशनले ३ वर्षका लागि नयाँ कार्यसमिति चुन्नेछ । महाधिवेशन स्थान भने तोक्न बाँकी छ ।
यसअघिको महाधिवेशनबाट मगर अध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् । उनी प्रतिष्ठानको दुई दशकभन्दा लामो इतिहासमा पहिलो महिला अध्यक्ष समेत हुन् । वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा छन् ।
संस्थामा ३० हजार हाराहारी साधारण सदस्य, ३ हजार हाराहारी आजीवन सदस्य छन् । जिल्ला, प्रदेश, उपत्यका र विदेश कार्यसमिति गरेर प्रतिष्ठानको १ सय भन्दा बढी शाखा समिति छन् ।
प्रतिक्रिया 4