+
+
Shares

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नवौं महाधिवेशन बर्दिवासमा हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नवौं महाधिवेशन फागुन १, २ र ३ गते महोत्तरीको बर्दिवासमा आयोजना हुने भएको छ।
  • महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ र देशभरबाट १५०० जना सदस्य बर्दिवासमा भेला हुनेछन्।
  • प्रतिष्ठान लोक तथा दोहोरी गीतका कलाकारको छाता संस्था हो र सातै प्रदेशमा संगठन विस्तार भइसकेको छ।

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नवौं महाधिवेशन महोत्तरीको बर्दिवासमा आयोजना हुने भएको छ ।

अध्यक्ष रीता थापामगरको संयोजकत्वमा गठित पशुपति शर्मा र सुवास केसी सदस्य रहेको उपसमितिले सोमबार उक्त निर्णय गरेको हो ।

बर्दिवासमा फागुनको १, २ र ३ गते महाधिवेशन आयोजना हुनेछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

सातै प्रदेशमा संगठन विस्तार भएको प्रतिष्ठानको पहिलो महाधिवेशन मधेश प्रदेशमा हुन लागेको हो । देशभरबाट प्रतिष्ठानका १५०० जना सदस्य बर्दिवासमा भेला हुनेछन् ।

प्रतिष्ठान लोक तथा दोहोरी गीतका कलाकारको छाता संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?