+
+
Shares

एस्काभेटरले खोतल्दा जमिनमा भासिएर बेपत्ता गाडीको केही पार्टपुर्जा भेटियो 

जमिनमा भासिएर बेपत्ता भएको गाडीको टायर, ढोका लगायत अन्य केही पार्टपुर्जा फेला परेको वडाध्यक्ष कोइरालाले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १८:४०
फेला परेका गाडीका पार्टपुर्जा ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरको गैरीगाउँमा सडक भासिएर बेपत्ता भएको गाडीको केही पार्टपुर्जा फेला परेको छ।
  • गाडी १९ वैशाखमा बेपत्ता भएको थियो ।
  • वडाध्यक्ष रामकृष्ण कोइरालाले उपकरण प्रयोग गरी खोजी गर्दा गाडीको केही भाग फेला परेको जानकारी दिए।

६ जेठ, काठमाडौं । मकवानपुरको गैरीगाउँस्थित सडकमा भासिएर बेपत्ता भएको गाडीको पार्टपुर्जा फेला परेको छ ।

१९ वैशाखमा हेटौंडा उपमहानगरपालिका-१६ स्थित गैरीगाउँमा ना४च ४८३३ नम्बरको माछा बोक्ने गाडी सडकमा भासिएर बेपत्ता भएको थियो ।

२३ वैशाख र २ जेठमा खानी तथा भूगर्भ विभाग काठमाडौंको टोलीले घटनास्थल पुगेर सो क्षेत्रको अध्ययन गरेको थियो । नारायण अधिकारीको नेतृत्वमा विभागको ४ सदस्यीय टोलीले घटनास्थलको भू-बनोट भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्र लगायत विषयमा अध्ययन गरेको थियो । अध्ययनपछि उक्त टोलीले सो स्थानको माटोको नमुना लिएर फर्केको थियो ।

मंगलबार वडाध्यक्ष रामकृष्ण कोइरालाले क्रेन र एक्साभेटरको सहयोगमा बेपत्ता गाडीको खोजतलास सुरु गरेका थिए ।

खोजतलासको क्रममा गाडीको केही पार्जपुर्जा फेला परेको उनले बताए ।

‘माथिल्लो निकायले बेपत्ता भएको गाडी खोज्न खासै चासो दिएन । गाडी फेला नपर्दा पीडितमाथि झनै पीडा थपियो । पीडितको पीडा देख्न नसकेका कारण आफ्नै सक्रियतामा ठूलो उपकरण मगाएर आजदेखि खोजतलास सुरु गरेको थिएँ । एस्काभेटरले दुई चरणमा खन्दा झन्डै १० मिटरमुनि गाडीको केही पार्टपुर्जा फेला परेको छ,’ वडाध्यक्ष कोइरालाले भने ।

जमिनमा भासिएर बेपत्ता भएको गाडीको टायर, ढोका लगायत अन्य पार्टपुर्जा फेला परेको उनले बताए । केही पार्टपुजा फेला परेसँगै गाडी भासिएकै स्थानको पहिचान भएको र पीडितलाई पनि राहत मिलेको उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?