+
+
Shares

सम्पत्ति शुद्धीकरणका शंकास्पद कारोबार ४९ प्रतिशत बढ्यो

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा सन् २०२४ मा रिपोर्टिङ भएका शंकास्पद कारोबार संख्या २०२३ को तुलनामा ४९ प्रतिशत बढेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १८:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकको रिपोर्ट अनुसार सन् २०२४ मा शंकास्पद कारोबार ४९ प्रतिशत बढेको छ।
  • २०२३ को तुलनामा २०२४ मा सम्पत्ति शुद्धीकरण सम्बन्धी रिपोर्टिङ र अनुसन्धान गतिविधि बढेका छन्।
  • बैंक तथा वित्तीय संस्थाले सीमा कारोबार विवरण र रिपोर्टिङ संख्या पनि वृद्धि भएको देखिएको छ।

६ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सम्पत्ति शुद्धीकरणका शंकास्पद कारोबार ४९ प्रतिशत बढेका छन् ।

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा सन् २०२४ मा रिपोर्टिङ भएका शंकास्पद कारोबार संख्या २०२३ को तुलनामा ४९ प्रतिशत बढेको हो ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ बमोजिम सूचक संस्थाहरूले इकाइमा सम्प्रेषण गरेका शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनका अनुसार २०२३ मा ६ हजार २ सय ५५ शंंकास्पद कारोबार रहेकोमा २०२४ मा ९ हजार ३ सय ४ पुगेको छ ।

२०२४ मा इकाइले १ हजार ८ सय ९४ प्रतिवेदन विश्लेषण गरेकोमा तीमध्ये १ हजार ८६ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने/अनुसन्धानकारी निकाय तथा नियामकीय कारबाहीका लागि पठाएको छ । तीमध्ये ८ सय ८ प्रतिवेदन इकाइले भविष्यमा थप जानकारी प्राप्त भए पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरेको इकाइले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले इकाइमा २०२३ मा १७ लाख ८३ हजार १ सय ८३ सीमा कारोबार विवरण पेस गरेका थिए । २०२४ मा यस्तो संख्या १९ लाख ७२ हजार ८ सय ५५ पुगेको इकाइले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी गर्नुपर्ने रिपोर्टिङ गर्न इकाइको गोएएमएल प्रणालीमा आबद्ध, कानुन कार्यान्वयन गर्ने÷अनुसन्धानकारी र नियामक निकायको जम्मा संख्या २०२३ को अन्त्यमा १ हजार ४ सय ९६ रहेकोमा २०२४ को अन्त्यमा १ हजार ९ सय ५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?