+

एचजेबीएल : हाउण्ड्स र टाइम्स विजयी

२०८२ जेठ  ६ गते २१:२९ २०८२ जेठ ६ गते २१:२९
एचजेबीएल : हाउण्ड्स र टाइम्स विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन जाभा बास्केटबल लिगमा हाउण्ड्स एकेडेमी र टाइम्स बास्केटबल क्लबले जित हासिल गरे।
  • हाउण्ड्सले कीर्तिपुर क्लबलाई ८२-६९ ले पराजित गरी शीर्ष स्थानमा रह्यो भने टाइम्सले सामाखुशीलाई ८४-६९ ले हरायो।
  • सामाखुशीले पाँचौं हार भोगे पनि ५ अंकसहित अंकतालिकामा पूछारमा छ।

६ जेठ, काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा मंगलबार शीर्ष स्थानको हाउण्ड्स एकेडेमी र टाइम्स बास्केटबल क्लबले जित हात पारेका छन् ।

कीर्तिपुर कभर्डहलमा भएको पहिलो खेलमा हाउण्ड्सले विजय बुर्जाको उत्कृष्ट प्रदर्शनमा घरेलु टोली कीर्तिपुर क्लबलाई ८०-६९ ले पराजित गरेको हो ।

सुरुवात देखि लिएको अग्रता नै हाउण्ड्सको जितमा निर्णायक बन्यो । हाउण्ड्सले पहिलो क्वाटरमा २५-२३ को अग्रता लिएको थियो भने दोस्रो क्वाटर २१-९ र तेस्रो क्वाटर २०-११ ले आफ्नो पक्षमा पारेको थियो । चौथो क्वाटरअघि हाउण्ड्सले ६८-४३ को फराकिलो अग्रता बनाएको थियो । चौथो तथा अन्तिम क्वाटर कीर्तिपुरले २५-१४ ले आफ्नो पक्षमा पारेपनि हाउण्ड्सले जित हात पारेको हो ।

हाउण्ड्सको जित विजय बुर्जा एक्लैले सर्वाधिक ३४ अंक स्कोर गरे । बुर्जा मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । कीर्तिपुरका निश्चल महर्जनले २३ अंक स्कोर गरे ।

हाउण्ड्स चौथो जितपछि ५ खेलबाट ९ अंकसहित शीर्ष स्थानमै छ । तेस्रो हार व्होरेको कीर्तिपुरले ५ खेलबाट ७ अंक जोडेको छ ।

यस्तै दोस्रो खेलमा टाइम्सले सामाखुशी युथ क्लबलाई ८४-६९ ले हराउँदै तेस्रो जित हासिल गरेको छ ।

पहिलो क्वाटरमा सामुखशीले १८-१३ को अग्रता लिएपनि त्यसपछि टाइम्सले खेलमा पुनरागमन गरेको थियो । टाइम्सले दोस्रो क्वाटरमा २७-२१ र तेस्रो क्वाटरमा २७-१२ को अग्रता बनाउदै अन्तिम क्वाटरअघि ६७-५१ को अग्रता बनाएको थियो । चौथो तथा अन्तिम क्वाटर सामाखुशीले १८-१७ ले आफ्नो पक्षमा पारेपनि टाइम्सलाई जितबाट रोक्न सकेन ।

टाइम्सका मनिष केसीले २० अंक स्कोर गरे । उनी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । यस्तै सामाखुशीका विक्रम डंगोलले पनि २० अंक स्कोर गरेका थिए ।

तेस्रो जित हात पारेको टाइम्स ८ अंकसहित दोस्रो स्थानमा उक्लेको छ । सामाखुशीको यो लगातार पाँचौ हार हो । सामाखुशीले अहिलेसम्म एक खेल पनि जित्न सकेको छैन ।

पराजित भएपनि १ अंक प्राप्त हुने हुँदा सामाखुशी ५ अंकसहित अंकतालिकामा पूछारमा छ ।

हिमालयन जाभा बास्केटबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय