News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानले बंगलादेशविरुद्धको तीन खेलको घरेलु टी-२० सिरिजका लागि १६ सदस्यीय टोली घोषणा गर्यो।
- टोलीमा अनुभवी खेलाडीहरू र नयाँ खेलाडीहरू समावेश भएका छन्, जसमा चोटका कारण केही खेलाडी बाहिर छन्।
- माइक हेसनको नेतृत्वमा यो शृंखला पाकिस्तानका लागि पहिलो हुनेछ, र शृंखलाको तालिका चाँडै सार्वजनिक गरिनेछ।
७ जेठ, काठमाडौं । पाकिस्तानले पूर्वकप्तान बाबर आजम, मोहम्मद रिजवान र शाहीन अफ्रिदीलाई बाहिर राख्दै बंगलादेशविरुद्धको तीन खेलको घरेलु टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि टोली घोषणा गरेको छ ।
१६ सदस्यीय टोलीको कप्तानी सलमान अली आगाले गर्नेछन् भने उपकप्तान शादाब खान रहेका छन्। फखार जमान, हारिस राउफ र नसीम शाहजस्ता अनुभवी खेलाडीहरू पनि टोलीमा परेका छन्।
पाकिस्तान क्रिकेट बोर्डले हालै सम्पन्न पाकिस्तान सुपर लिग (पीएसएल) मा खेलाडीहरूको प्रदर्शनका आधारमा टोली चयन गरिएको जनाएको छ।
चोटका कारण केही समय टिम बाहिर रहेका साइम अयूबले पुनः टोलीमा स्थान बनाएका छन्। यस्तै साहिबजादा फरहानले पनि २०१८ यता पहिलोपटक टी-२० टिममा पुनरागमन गरेका छन्। फरहानले पीएसएलमा उत्कृष्ट प्रदर्शन गर्दै १० खेलमा ३९४ रन बनाएका छन्।
नयाँ प्रशिक्षक माइक हेसनको नेतृत्वमा यो शृंखला पाकिस्तानका लागि पहिलो हुनेछ। शृंखलाको तालिका पनि चाँडै सार्वजनिक गरिने बताइएको छ।
पाकिस्तानको टोली : सलमान अली आगा (कप्तान), शादाब खान (उपकप्तान), अबरार अहमद, फहीम अशरफ, फखर जमान, हारिस रउफ, हसन अली, हसन नवाज, हुसेन तलत, खुशदिल शाह, मोहम्मद हारिस, मोहम्मद वसीम जुनियर, मुहम्मद इरफान खान, नसीम शाह, साहिबजादा फरहान, साइम अयूब।
प्रतिक्रिया 4