News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला फुटबल टोलीकी डिफेन्डर पुजा राना भुटानबाट फर्किएकी छन्।
- उनले भुटानी महिला लिगको डेब्यूमै गोल गरेकी थिइन् ।
- नेपाली महिला टोलीले एएफसी वुमन्स एसियन कप क्वालिफायरको तयारीमा थाइल्याण्डसँग दुई खेल खेल्नेछ।
७ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर पुजा राना राष्ट्रिय टोलीको तयारी क्याम्पका लागि भुटानबाट फर्किएकी छन् । उनी बुधबार नेपाल आएकी हुन् ।
पुजा भुटानी महिला लिगमा ट्रान्सपोर्ट युनाइटेड क्लबबाट खेल्दै आएकी थिइन्। उनी राष्ट्रिय टोली तथा नेपाल पुलिस क्लबको पनि सदस्य हुन्।
उनले भुटानी लिगमा डेब्यु खेलमै गोल गरी उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।
नेपाली महिला टोलीले एएफसी वुमन्स एसियन कप क्वालिफायरको तयारीस्वरुप थाइल्याण्डसँग दुई खेल खेल्दैछ ।
नेपाल र थाइल्याण्डबीचको पहिलो खेल मे ३० मा क्लोज डोरमा हुनेछ भने जुन २ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ ।
उज्वेकिस्तानमा हुने एएफसी वुमन्स एसियन कप छनोटको तयारी स्वरुप नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो ।
प्रतिक्रिया 4