+

कराते खेलाडी कुन्जाङत्सोपेल शेर्पाले गरिन् सगरमाथा आरोहण

२०८२ जेठ  ७ गते १३:४१ २०८२ जेठ ७ गते १३:४१
कराते खेलाडी कुन्जाङत्सोपेल शेर्पाले गरिन् सगरमाथा आरोहण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कराते खेलाडी कुन्जाङत्सोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी छन् ।
  • उनले नेपाल कराते महासंघ र नेपाल सितोरियो संघको लोगो सहित ब्यानर सगरमाथा चुचुरोमा पुर्‍याइन् ।
  • नेपाल पुलिसकी असई समेत रहेकी शेर्पाले \'महिलाविरुद्धको हिंसालाई अन्त्य गरौं!\' नारासहितको ब्यानर पनि फहराइन्।

७ जेठ, काठमाडौं । कराते खेलाडी तथा नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक कुन्जाङत्सोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी छन् ।

बाैद्ध डोजोकी उनले नेपाल कराते महासंघ र नेपाल सितोरियो संघको लोगो अंकित ब्यानर सगरमाथा चुचुरोमा पुर्याएकी थिईन् ।

यस्तै १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठको तस्विर पनि सगरमाथाको चुचुरोमा पुर्‍याएकी थिइन् ।

सगरमाथा आरोहण गर्ने  नेपाल प्रहरीकी पहिलो महिला प्रहरी अधिकृत समेत रहेकी शेर्पाले ‘महिलाविरुद्धको हिंसालाई अन्त्य गरौं!’ भन्ने नारासहितको ब्यानर पनि फहराइन् ।

कुन्जाङत्सोपेल शेर्पा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय