+
+
Shares

विद्यालय शिक्षा विधेयक टुंगोमा पुर्‍याउन गम्भीर छु : शिक्षामन्त्री

बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिको प्रतिवेदन माथिको छलफलमा मन्त्री पन्तले निरन्तर छलफल गरेर विद्यालय शिक्षा विधेयकलाई टुंगोमा पुर्‍याउन आफू गम्भीर रहेको बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते १६:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक २०८० टुंगोमा पुर्‍याउन गम्भीर रहेको बताए।
  • बुधबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिको प्रतिवेदन माथिको छलफल भएको छ ।
  • यसअघि उपसमितिले विभिन्न १५ वटा परिच्छेद र १६३ वटा दफामाथि छलफल गरेर १०८ बुँदाको प्रतिवेदन समिति समक्ष पेश गरिसकेको छ ।

७ जेठ, काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० टुंगोमा पुर्‍याउन आफू गम्भीर रहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिको प्रतिवेदन माथिको छलफलमा मन्त्री पन्तले निरन्तर छलफल गरेर विद्यालय शिक्षा विधेयकलाई टुंगोमा पुर्‍याउन आफू गम्भीर रहेको बताएका हुन् ।

विधेयकमा रहेका कतिपय विषयमा राजनीति तहमा पनि सहमति खोज्नुपर्ने देखिएको उनले बताए । मन्त्री पन्तले विधेयकमा सहमति भएका विषयलाई अघि बढाउने र सहमति हुन नसकेका विषयमा अन्तिममा टुंगोमा पुराउने गरेर छलफल अघि बढाउन सुझाव दिए ।

समिति सभापति अम्बरबहादुर थापाले १५ जेठमा बजेट आउनुअघि नै विधेयकलाई टुंगोमा पुराउनुपर्नेमा जोड दिए । उनले अनिवार्य शिक्षा क्षेत्रका सुधारका लागि राज्यलाई एकैपटक भार नपर्ने गरेर चरणबद्ध रूपमा सुधारका योजना ल्याउनुपर्ने बताए ।

यसअघि उपसमितिले विभिन्न १५ वटा परिच्छेद र १६३ वटा दफामाथि छलफल गरेर १०८ बुँदाको प्रतिवेदन समिति समक्ष पेश गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?