+
+
Shares

१० महिनामा १० हजार ईभी आयात

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते १७:२०
चोभारस्थित सुक्खा बन्दरगाहमा भन्सारबाट प्रवेश गरेर आएका सवारीसाधन ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले चालु आर्थिक वर्षको १० महिनामा लगभग १० हजार इलेक्ट्रिक सवारी आयात गरेको छ।
  • आयातको मूल्य २३ अर्ब १० करोड रुपैयाँभन्दा बढी रहेको छ।
  • चीनबाट ७ हजार ३ सय ५३ र भारतबाट २ हजार ४ सय ११ ईभी आयात भएका छन्।

७ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा झन्डै १० हजार विद्युतीय कार, जीप तथा भ्यान (ईभी) आयात भएको छ ।

चालु आर्थिक वर्ष (आव) को वैशाख मसान्तसम्म नेपालमा ९ हजार ८५९ वटा चारपाङ्ग्रे ईभी आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालले यस अवधिमा आयात गरेका ईभीको मूल्य २३ अर्ब १० करोड ५७ लाख रुपैयाँ छ ।

यो बीचमा नेपालमा ९ वटा अनऐसेम्बल इभी समेत चीनबाट नेपाल आएका छन् । नेपालमा ईभीहरूमध्ये अधिकांश चीनबाट आएका छन् । यस अवधिमा चीनबाट ७ हजार ३ सय ५३ वटा ईभी आयात भएका हुन् ।

दोस्रोमा भारतबाट २ हजार ४ सय ११ ईभी आएका छन् । यस्तै, इन्डोनेसिया, कोरिया, जर्मनी, मलेसिया र अमेरिका जस्ता देशबाट पनि ईभी आयात भएको छ ।

ईभी आयातबाट सरकारलाई १० महिनामा १४ अर्ब २५ करोड ११ लाख रुपैयाँ राजस्व आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?