
News Summary
Generated by OK AI. Editorially reviewed.- संसद्को सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारको निष्कर्षसहित अख्तियारलाई अनुसन्धान गर्न निर्देशन दिएको छ।
- सभापति ऋषिकेश पोखरेलले राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको उपसमितिको प्रतिवेदन र पुरक मतलाई समेत अख्तियार पठाउने निर्णय गरे।
- प्रतिवेदनमा १५ वटा मुख्य प्रश्नहरू समावेश गरिएको र त्यसलाई निर्णयको रुपमा अख्तियारमा पठाउने निर्णय भएको जानकारी दिए।
७ जेठ, काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्न निर्देशन दिने निर्णय गरेको छ ।
करिब साढे ४ घन्टा लामो छलफलपछि लेखा समितिका सभापति ऋषिकेश पोखरेलले राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिको प्रतिवेदन, त्यो उपसमितिमा रहेका गोकुल बास्कोटा र तारा लामाको पूरक मतसहितको प्रतिवेदन ग्रहण गरेर त्यसलाई समेत अख्तियारमा पठाउने निर्णय गरेको जानकारी दिए ।
उनले भने, ‘प्रतिवेदनमा भएका विषयवस्तु हेर्दा १५ वटा मूलभूत प्रश्नहरू अघि सारेको देखिन्छ । यी प्रश्नहरूलाई निर्णयकै रूपमा समावेश गरेर हामीले अख्तियार पठाउने निर्णय गरेका छौं ।
लेखा समितिमा निर्णय हुनुअघि सांसदहरूले प्रतिवेदनलाई ग्रहण गर्ने तरिका, लेखा समितिको नेतृत्व र अरु कार्यशैलीका बारेमा पटकपटक विवाद र नोकझोक भएको थियो ।
प्रतिक्रिया 4