
News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ५३ प्रतिशत खर्च गरेको छ।
- सार्वजनिक सुनुवाइमा बजेट खर्च र आन्तरिक आयको लक्ष्यप्रति जानकारी प्रस्तुत गरियो।
- वैशाख मसान्तसम्ममा आन्तरिक आयको ४७.८३ प्रतिशत मात्रै असुली भएको बताइयो।
७ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को १० महिनामा ५३ प्रतिशत खर्च गरेको छ । महानगरले चालु आर्थिक वर्षमा ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँको बजेट ल्याएकोमा वैशाख मसान्तसम्मा ३ अर्ब ९५ करोड खर्च गरेको हो ।
जसमा चालू खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख बजेट रहेकोमा १ अर्ब ९० करोड ५७ लाख अर्थात् ६८.३३ प्रतिशत खर्च गरेको हो । यस्तै पूँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख रुपैयाँ बजेट रहेकोमा २ अर्ब ४ करोड ४९ लाख खर्च गरेको जुन ४३.७० प्रतिशत हो ।
महानगरपालिकाले आज गरेको सार्वजनिक सुनुवाइमा उक्त तथ्यांक प्रस्तुत भएको थियो । महानगरले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तसम्ममा वार्षिक आन्तरिक आयको लक्ष्य ३ अर्ब ५५ करोड ९६ लाख रुपैयाँ रहेकोमा ४७.८३ प्रतिशत मात्रै असुली भएको छ ।
जुन १ अर्ब ७० करोड रुपैयाँ हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4