+
+
Shares

हिमाल चढेर फर्किएकी कवितालाई विमानस्थलमा स्वागत (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते २१:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डान्सर तथा अभिनेत्री कविता नेपालीले सगरमाथा र ल्होत्से आरोहण गरी फर्किएकी छन्।
  • उनको स्वागत भव्य रूपमा गरिएको थियो र उनले आरोहण अनुभव साझा गरिन्।
  • कविताले हिमाल आरोहणमा ज्यान गुमाएको विदेशी आरोहीप्रति दुःख व्यक्त गरिन्।

काठमाडौं । ८ हजार मिटरमाथिका दुई हिमाल सगरमाथा र ल्होत्से आरोहण गरेर फर्किएकी डान्सर तथा अभिनेत्री कविता नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भब्य स्वागत गरिएको छ ।

उनको परिवार, आफन्त र शुभचिन्तकले उनलाई स्वागत गरे । राष्ट्रिय झण्डा ओढाउँदै उनलाई सम्मान समेत गरिएको थियो । उनका परिवारका सदस्यले पनि छोरीको सगरमाथा विजयमा खुसी जनाए ।

विमानस्थलमा कविताले संचारकर्मीसँग कुरा गर्दै आफ्नो आरोहण अनुभव साटिन् । आफूसँगै गएका केही विदेशी आरोहीले ज्यान गुमाएको घटनामा दुःख व्यक्त गर्दै उनले कठिनाइको बाबजुद पनि हिमाल चढेको बताइन् ।

कविताले आइतबार सगरमाथा र सोमबार ल्होत्से आरोहण गरेकी थिइन् । साहसिक गतिविधिमा रुचि राख्ने कविता चर्चित डान्सर हुन् । उनको डेब्यु फिल्म ‘एक्लो’ अहिले कान्स फिल्म फेस्टिभलअन्तर्गतको कान्स मार्केटमा सहभागी छ ।

तस्वीरहरू : गोपीकृष्ण चापागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?