+

एचजेबीएल : गोल्डेनगेटको चौथो जित

२०८२ जेठ  ७ गते २१:५३ २०८२ जेठ ७ गते २१:५३
एचजेबीएल : गोल्डेनगेटको चौथो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिगमा चौथो जित हासिल गरेको छ ।
  • कीर्तिपुर कभर्डहलमा भएको खेलमा गोल्डेनगेटले रोएल्सलाई ८२-७४ ले पराजित गरेको हो ।
  • गोल्डेनगेटका लागि एमभीपी निकेश मगरले सर्वाधिक २७ अंक स्कोर गरे ।

७ जेठ, काठमाडौं । गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा चौथो जित हात पारेको छ ।

बुधबार कीर्तिपुर कभर्डहलमा भएको एक मात्र खेलमा गोल्डेनगेटले रोएल्सलाई ८२-७४ ले पराजित गरेको हो ।

चौथो जितपछि गोल्डेगेटले ५ खेलबाट शीर्ष स्थानको हाउण्ड्स समान ९ अंक जोडेको छ ।

रोएल्सको यो तेस्रो हार हो । ५ खेलबाट ७ अंक जोडेको रोएल्स चौथो स्थानमा छ ।

गोल्डेनगेटले पहिलो क्वाटरमा २५-१२ को अग्रता लिँदै खेल सुरु गरेको थियो ।तर दोस्रो क्वाटरमा रोएल्सले पुनरागमन गर्‍यो । दोस्रो क्वाटर २९-१३ ले आफ्नो पक्षमा पारेपछि रोएल्सले हाफ टाइमसम्म ४१-३८ को अग्रता बनाएको थियो ।

त्यसपछि तेस्रो र चौथो क्वाटरमा गोल्डेनेट खेलमा फर्कियो । गोल्डेनगेटले तेस्रो क्वाटर २७-२१ र चौथो क्वाटर १७-१२ ले आफ्नो पक्षमा पारेको थियो ।

गोल्डेनगेटका लागि निकेश मगरले सर्वाधिक २७ अंक स्कोर गरे । निकेश खेलको मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । यस्तै रोएल्सका लागि विनोद महर्जनले २३ अंक जोडे ।

हिमालयन जाभा बास्केटबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय