+

दिल्लीलाई हराउँदै मुम्बई आईपीएलको प्लेअफमा छनोट

२०८२ जेठ  ७ गते २३:३३ २०८२ जेठ ७ गते २३:३३
दिल्लीलाई हराउँदै मुम्बई आईपीएलको प्लेअफमा छनोट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुम्बई इन्डियन्सले आईपीएल प्लेअफमा स्थान बनाएको छ ।
  • मुम्बईले १८० रनको योगफल बनाएको थियो ।
  • गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स पहिले नै छनोट भएका थिए ।

७ जेठ, काठमाडौं । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफका लागि छनोट भएको छ । बुधबारको खेलमा दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बईले प्लेअफमा स्थान बनाएको हो ।

मुम्बईले दिल्लीलाई ५९ रनले हरायो । १८१ रनको लक्ष्य पछ्याएको दिल्ली १८.२ ओभरमा १२१ रनमा अलआउट भयो । दिल्लीका लागि समीर रिज्भीले सर्वाधिक ३९ रन बनाए भने विपराज निगमले २० तथा आशुतोष शर्माले १९ रन बनाए ।

मुम्बईका मिचेल सान्टनरले ४ ओभरमा ११ रन मात्र दिएर ३ विकेट लिए । जसप्रित बुमराहले ३.२ ओभरमा १२ रन दिएर ३ विकेट लिए । ट्रेन्ट बोल्ट, दीपक चहर, विल ज्याक्स र करण शर्माले १-१ विकेट हात पारे ।

केएल राहुल र फाफ डुप्लेसीले राम्रो सुरुवात दिलाउन सकेनन् । दुवै ब्याटर सस्तैमा आउट भएपछि दिल्ली दबाबमा आइसकेको थियो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १८० रन बनाएको थियो । मुम्बईका लागि सुर्यकुमारले अविजित ७३ रनको पारी खेले । त्यस्तै नमन धिर २४ रनमा अविजित रहे । त्सअघि तिलक वर्माले २७ र रायन रिकेल्टनले २५ रन बनाए ।

१८ ओभरमा १३२-५ को अवस्थामा रहेको मुम्बईले त्यसपछिका २ ओभरमा ४८ रन जोडेको थियो । १९औं ओभरमा २७ तथा २०औं ओभरमा २१ रन प्रहार गरेपछि मुम्बई निकै राम्रो योगफल खडा गर्न सफल भएको थियो ।

दिल्लीका लागि मुकेश कुमारले २ विकेट लिए भने दुश्मान्था चमीरा, मुस्तफिजुर रहमान र कुलदीप यादवले १-१ विकेट लिए ।

यस जितपछि चौथो स्थानको मुम्बई १३ खेलबाट १६ अंकसहित प्लेअफमा छनोट हुँदा दिल्ली एक खेल बाँकी हुँदा प्लेअफ होडबाट बाहिरिएको छ । दिल्लीको १३ खेलमा १३ अंक छ ।

गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स यसअघि नै प्लेअफमा छनोट भइसकेका छन्। अब यी टोलीहरू शीर्ष २ मा फिनिस गर्ने लक्ष्यमा हुनेछन् ।

आईपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय