News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल एपीएफ क्लब र एभरेष्ट भलिबल क्लबले महिला भलिबल लिगमा विजयी सुरुवात गरे।
- एपीएफले कर्णालीलाई सोझो सेटमा पराजित गर्यो।
- एभरेष्टले त्रिभुवन आर्मीलाई चार सेटको प्रतिस्पर्धामा जित्यो।
८ जेठ, काठमाडौं । नवौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा विभागीय टोली नेपाल एपीएफ क्लब र एभरेष्ट भलिबल क्लबले महिलातर्फ विजयी सुरुवात गरेका छन् ।
पोखरा रंगशालको बहुउद्देशिय कभर्डहलमा बिहीबार सुरु भएको प्रतियोगिताको पहिलो खेलमा एपीएफले कर्णाली प्रदेशलाई सोझो सेटमा हरायो । उपाधि दाबेदारमध्ये एक एपीएफले कर्णालीलाई २५-१०, २५-१०, २५-१५ ले पराजित गरेको हो ।
यस्तै बुटवलको एभरेष्ट भलिबल क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध ३-१ को पुनरागमन जित हासिल गरेको छ । पहिलो सेटमा अग्रता लिनका बावजुत पनि जोगाउन नसक्दा एभरेष्टले २२-२५ ले गुमाएको थियो । २१-१९ ले पछि रहेको आर्मीले लगातार ६ अंक जोड्दै सेट आफ्नो पक्षमा पारेको थियो ।
तर त्यसपछि एभरेष्टले पुनरागमन गर्दै लगातार तीन सेट जित्यो । एभरेष्टले दोस्रो सेट २५-१९ ले जित्दै खेल १-१ को बराबरीमा ल्याएको थियो । त्यसपछि तेस्रो सेट २५-१५ र चौथो सेट २५-१३ ले आफ्नो पक्षमा पार्दै एभरेष्टले जित हात पारेको हो ।
तस्वीर : सुदर्शन रञ्जित
प्रतिक्रिया 4