
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री विपना थापा ‘आ बाट आमा’ फिल्ममा मुख्य भूमिकामा अनुबन्धित भएकी छन्।
- निर्देशक चन्द्र पन्तले यो संवेदनाप्रेरित फिल्मलाई भावुक कथा भएको बताए।
- फिल्मको प्रदर्शन १५ फागुनमा तय भएको छ।
काठमाडौं । अभिनेत्री विपना थापा निर्माण हुन लागेको फिल्म ‘आ बाट आमा’मा अनुबन्धित भएकी छन् । यो फिल्मलाई उनको कमब्याक फिल्म ‘ह्रस्व दीर्घ’ फेम्ड चन्द्र पन्तले निर्देशन गर्दैछन् ।
बैशाख २५ गते चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिँदै पन्तले विपना र किस्मत सिंहलाई कलाकारको रुपमा चिनाएका थिए । थापाले ‘ह्रस्वदीर्घ’बाट झण्डै डेढदशकपछि पुनरागमन गरेकी थिइन् ।
फिल्ममा थापाले आमाको चरित्रमा शीर्ष भूमिका निर्वाह गर्नेछिन् । विपनाको कास्टिङबारे निर्देशक पन्तले भने, ‘विपना थापाको नै मुख्य भूमिका हो । उहाँको यस फिल्ममा राम्रो क्यारेक्टर छ ।’
उनले बन्न लागेको फिल्म निकै संवेदनाप्रेरित हुने बताए । ‘यसमा दर्शकलाई इमोसनल बनाउने कथा छ । त्यसैले यो क्यारेक्टर विपना थापालाई नै सुहाउने भएर अनुबन्ध गरेका हौँं’ निर्देशक पन्तले भने ।
भदौदेखि छायांकन तयारीमा रहेको फिल्मको कथाले आफूलाई प्रोजेक्ट गर्न प्रेरित गरेको विपना बताउँछिन् । कथा सुन्दा निकै भावुक भएको उनले बताएकी छन् ।
उनले भनिन, ‘कथा सुन्दाखेरी मेरो घाँटी ख्याप्प भएर सुकेको थियो । स्टोरी नै यति पावरफुल, यति स्ट्रोङ छ । आमा भन्ने फिल्म मैले पहिला पनि रेशराज आचार्य डिरेक्टर साबको गरेको थिएँ । अरु पनि थुप्रै आमा हुने फिल्म बनेको छ । यो फिल्मको स्टोरी चाहिँ छुट्टै किसिमको छ । जुन फिल्म हेरिसकेपछि मात्रै थाहा हुन्छ ।’
फिल्मले आमा र सन्तानबीचको मर्मस्पर्शी सम्बन्धको कथा पेश गर्ने उनले बताइन् । अन्य कलाकार र प्राविधिकको पनि टुङ्गो छिट्टै लाग्ने निर्देशक पन्तले बताए । फिल्मको प्रदर्शन १५ फागुनलाई तय छ ।
प्रतिक्रिया 4